उपत्यकाबाट होलीमा लोला हान्ने, जबरजस्ती रंग दल्ने ४८८ जना पक्राउ


प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार

/fhwfgLdf xf]nL /fhwfgLdf kmfu’ kj{sf cj;/df laxLaf/ xf]nL v]Nb} o’jfo’jtL . t:jL/ M /Tg >]i7, /f;;

फागन १७, काठमाडौं । होलीमा लोला हान्ने, जबरजस्ती रंग दल्ने र होहल्ला गर्ने १६ युवतीसहित ४८८ जनालार्इ प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ । बिहीबार बेलुकी ६ बजेसम्म काठमाडौ, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट उनीहरुलार्इ प्रहरीले पक्राउ गरेको हो ।

महानगरिय प्रहरी परिषरका एसएसपी पूर्णचन्द्र जोशीका अनुसार पक्राउ परेका मध्य कतिपयलार्इ सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने छ भने केहीलार्इ आफन्तको जिम्मामा छाडिनेछ ।

प्रहरीले नियम विपरीत चलेका १६६१ सवारी साधनहरु पनि नियन्त्रणमा लिएको छ । बिहीवार राति १२ बजेसम्म प्रहरीको नियमित गस्ती जारी रहने र कतिपय स्थानमा चौबिसै घण्टा प्रहरी परिचालन गरिएको एसएसपी जोशीले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com