उपत्यकाबाट होलीमा लोला हान्ने, जबरजस्ती रंग दल्ने ४८८ जना पक्राउ


प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार

फागन १७, काठमाडौं । होलीमा लोला हान्ने, जबरजस्ती रंग दल्ने र होहल्ला गर्ने १६ युवतीसहित ४८८ जनालार्इ प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ । बिहीबार बेलुकी ६ बजेसम्म काठमाडौ, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट उनीहरुलार्इ प्रहरीले पक्राउ गरेको हो ।

महानगरिय प्रहरी परिषरका एसएसपी पूर्णचन्द्र जोशीका अनुसार पक्राउ परेका मध्य कतिपयलार्इ सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने छ भने केहीलार्इ आफन्तको जिम्मामा छाडिनेछ ।

प्रहरीले नियम विपरीत चलेका १६६१ सवारी साधनहरु पनि नियन्त्रणमा लिएको छ । बिहीवार राति १२ बजेसम्म प्रहरीको नियमित गस्ती जारी रहने र कतिपय स्थानमा चौबिसै घण्टा प्रहरी परिचालन गरिएको एसएसपी जोशीले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com