झापाको वि एण्ड सीले क्यान्सर उपचारका लागि अत्याधुनिक उपकरण भित्र्याउने तयारी


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

फागुन १६, झापा, भद्रपुर । झापाको वि एण्ड सी मेडिकल कलेजले क्यान्सर उपचारका लागि अत्याधुनिक उपकरण भित्र्याउन लागेको छ। बि एण्ड सी मेडिकल कलेजले सञ्चालनमा ल्याउन लागेको पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि अत्याधुनिक उपकरण ल्याउन लागेको हो। करिब ६० करोड लागतमा अमेरिकन भ्यारियन मेडिकल कम्पनीको हालक्योन नामक अत्याधुनिक उपकरण ल्याउन लागेको बुधबार पत्रकार सम्मेलनमार्फत हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिए। ‘यसका लागि हस्पिटलले सम्झौतापत्रमा समेत हस्ताक्षर गरिसकेको छ, उनले भने, ‘मुलुकमा यस्तो किसिमको क्यान्सरको उपकरण अहिलेसम्म नभित्रिएकोु दाबी गरे। दक्षिण एसियामा नै पहिलोपटक झापामा यस्तो किसिमको उपकरण भित्रिन लागेको भ्यारियन मेडिकल कम्पनीका विनित गुप्ताले जानकारी दिए। ‘नेपालका क्यान्सर बिरामी भारतको विभिन्न हस्पिटल जानुपर्ने दीर्घकालीन समस्याको अन्त्यका लागि झापा जिल्लामै बिएन्‍डसीले सस्तो र सुलभ उपचारका निम्ति ‘हालक्योन’ नामक उपकरण ल्याएपछि पूर्वका बिरामीले लाभ पाउनेछ, उनले भने । हस्पिटलका क्यान्सर रोग विशेषज्ञ डा। वीरेन्द्र यादवले भारतको मेदान्त अस्पताल लगायतका हस्पिटलमा मात्र रहेको ‘ट्रु विम’ नामक उपकरण पनि अस्पतालमा ल्याउन लागेको बताए। ‘अत्याधुनिक मेसिनसँगै चाहिने आवश्यक दक्ष जनशक्ति भारतबाट झिकाइनेछ, उनले भने, ‘नेपालमा दक्ष जनशक्ति अभावका कारण भारतबाट झिकाउने लागेको हो। उनले भने यस्ता किसिमको उपकरणले कुन क्यान्सर लागेको हो, त्यस्तो बिरामीको पहिचान गरी तत्काल उपचार गरिन सकिन्छ। उनका अनुसार ७० देखि ८० प्रतिशत क्यान्सरका रोगीहरुलाई रेडिएसनको आवश्यकता पर्ने भएकाले सोही अनुसारको अत्याधुनिक उपकरणले उपचार गराइनेछ।

निजी अस्पतालको हाताभित्रै १५ कठ्ठा जग्गामा पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण कार्य सुरु भइसकेको छ। २ अर्ब ५० करोड लागतमा निर्माण भइरहेको क्यान्सर अस्पताल ०७५ साल असारदेखि सञ्चालनमा आउने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए। पूर्वका क्यान्सरका बिरामीले उपचारका लागी चितवन, काठमाडौ अथवा भारतसहित अन्य देश धाउनु पर्ने बाध्यता हटाउने उदेश्यले झापामै क्यान्सर अस्पताल सञ्चालन ल्याउन लागेको उनले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com