चिकित्सक अमिताभ ठाकुर अप्रेसनको तयारी गर्दागर्दै झगडा गरेर बाहिरिएपछि सम्पर्कविहीन


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

फागुन १५, उदयपुर । जिल्ला अस्पतालमा कार्ययरत डाक्टर अमिताभ ठाकुर अस्पतालमै कार्यरत डाक्टरहरुसँग झगडा गरेर सोमबार दिउँसोबाट बेपत्ता भएका छन्। अस्पतालमा कार्यरत स्टाफहरुसँग भनाभन गरेर एकाएक अस्पतालबाट बाहिरिएपछि सम्पर्कविहीन भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासन प्रमुख बिर्खबहादुर खत्रीका अनुसार प्रसूति गराउन ल्याएको एक गर्भवती महिलाको अप्रेसनको तयारी गर्दैगर्दा झगडा गरेर डा. ठाकुर सम्पर्कविहीन भएका हुन्। त्रियुगा नगरपालिका–९ का गीता खड्काको सामान्य प्रसूति नभएपछि अप्रेसन गर्नुपर्ने थियो। अप्रेसनको सम्पूर्ण तयारी भइसकेपछि प्रसूतिगृहमा कार्यरत डा. ठाकुर सम्पर्कविहीन भएको खत्रीको भनाइ छ। ‘साथीहरुसँग के–के भनाभन भयो,’ प्रशासन प्रमुख खत्रीले भने, ‘गर्भवतीको अपरेसन गर्नुपर्ने बेलामा उनी भागे।’ उनको मोबाइलमा सम्पर्क गर्दा फोन ुरिसिभु नभएको अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले बताए। अस्पतालमा कार्यरत प्रहरी सुरेन्द्र लम्साललगायतले सम्पर्क गर्दा समेत डा. ठाकुरले फोन नउठाएको अस्पतालका निमित्त प्रमुख डा.विशाल देवले बताए। ‘हामीसँग रिसाए पनि अरुको फोन त उठाउनु पर्ने नि’, अस्पताल प्रमुख डाक्टर देवले भने, ‘मंगलबार बिहानसम्म फोन उठाएका छैनन्।’ निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्काले तत्काल बिरामीलाई अन्यत्र पठाएर डाक्टर खोज्ने बताए। ‘मैले फोन सम्पर्क गर्दासमेत उठाएका छैनन्, यस विषयमा छानबिन गर्ने छु,’ उनले भने, ‘जिल्ला अस्पतालमा अप्रेशन नहुने भएपछि महँगो शुल्क तिरेर नजिकैको त्रियुगा अस्पतालमा अप्रेशन गराउन पठाइएछ।’ अस्पताल र प्रशासनका अनुसार मंगलबार बिहान सात बजेसम्म सम्पर्कमा आएका छैनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com