मृत व्यक्तिलाई यसरी जिउँदो राख्न खोज्दैछन् वैज्ञानिकहरू


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

फागुन १४, काठमाडौं, — स्विडेनका वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले एउटा रोबोट तयार गरेका छन् । उक्त रोबोट मृत व्यक्तिको पूर्णतया जीवित देखिने प्रतिलिपि हुनेछ ।

कृत्रिम बौद्धिकताको सहायताले मृत व्यक्तिको आवाजलाई फेरि फर्काउने तयारी वैज्ञानिकहरूले गरेका छन् । त्यो आवाजलाई रोबोटमा हालेपछि त्यसले नातेदारहरूसँग पहिलेकै जस्तो तरिकाले कुराकानी गर्न सक्छ ।

वैज्ञानिकहरूले स्वयंसेवीहरूसँग उनीहरूको इच्छाअनुसार उनका नातेदारको मृत शरीर अध्ययनका लागि मागेका छन् । त्यति मात्र नभई वैज्ञानिक अनुभवलाई थप राम्रो बनाउनका लागि मृत व्यक्तिको रेप्लिका पनि तयार गरेका छन् जुन पूरै त्यही व्यक्तिजस्तै देखिनेछ ।

यस्ता रोबोट मृत व्यक्तिजस्तो देखिने मात्र नभई कृत्रिम बौद्धिकताको सहायताले मौसमको जानकारी दिने लगायतका सजिला प्रश्नको उत्तर पनि दिनेछ । यसरी मानिसहरूले आफ्नो प्रियजन बितेपछि पनि उनीहरूसँग कुरा गर्ने, भेटघाट गर्ने र उनीहरूलाई अनुभव गर्ने मौका पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्ता परीक्षणहरू आजकल धमाधम भइरहेका छन् । भविष्यमा मानिसहरूले आफ्नो दिमाग र व्यक्तित्व मशिनमा अप्लोड गर्न पाउनेछन् । अनि उनीहरू मरेपछि पनि उनीहरूसँग अरूले कुरा गर्न सक्नेछन् ।

एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com