मृत व्यक्तिलाई यसरी जिउँदो राख्न खोज्दैछन् वैज्ञानिकहरू


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

फागुन १४, काठमाडौं, — स्विडेनका वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले एउटा रोबोट तयार गरेका छन् । उक्त रोबोट मृत व्यक्तिको पूर्णतया जीवित देखिने प्रतिलिपि हुनेछ ।

कृत्रिम बौद्धिकताको सहायताले मृत व्यक्तिको आवाजलाई फेरि फर्काउने तयारी वैज्ञानिकहरूले गरेका छन् । त्यो आवाजलाई रोबोटमा हालेपछि त्यसले नातेदारहरूसँग पहिलेकै जस्तो तरिकाले कुराकानी गर्न सक्छ ।

वैज्ञानिकहरूले स्वयंसेवीहरूसँग उनीहरूको इच्छाअनुसार उनका नातेदारको मृत शरीर अध्ययनका लागि मागेका छन् । त्यति मात्र नभई वैज्ञानिक अनुभवलाई थप राम्रो बनाउनका लागि मृत व्यक्तिको रेप्लिका पनि तयार गरेका छन् जुन पूरै त्यही व्यक्तिजस्तै देखिनेछ ।

यस्ता रोबोट मृत व्यक्तिजस्तो देखिने मात्र नभई कृत्रिम बौद्धिकताको सहायताले मौसमको जानकारी दिने लगायतका सजिला प्रश्नको उत्तर पनि दिनेछ । यसरी मानिसहरूले आफ्नो प्रियजन बितेपछि पनि उनीहरूसँग कुरा गर्ने, भेटघाट गर्ने र उनीहरूलाई अनुभव गर्ने मौका पाउनेछन् ।

यस्ता परीक्षणहरू आजकल धमाधम भइरहेका छन् । भविष्यमा मानिसहरूले आफ्नो दिमाग र व्यक्तित्व मशिनमा अप्लोड गर्न पाउनेछन् । अनि उनीहरू मरेपछि पनि उनीहरूसँग अरूले कुरा गर्न सक्नेछन् ।

एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com