प्रचण्डले टिका नलगाउने, बाबुरामले बुबासँग लगाउने


प्रकाशित मिति : आश्विन २४, २०७३ सोमबार

 

यसपालीको दशैंको टिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिका नलगाएरै मनाउने भएका छन् । प्रचण्डले दशैंको दिन परिवारसँगै बसेर बिताउने भएपनि टिका र जमरा भने नलगाउने जनाईएको छ ।

दशैंमा टिका नलगाउने कार्यक्रम भएकाले प्रचण्डले राष्ट्रपति विद्या भण्डारीबाट पनि टिका ग्रहण गर्ने छैनन् । राष्ट्रपतिले प्रधानमन्त्रीलाई टिका लगाइदिने चलन भएपनि प्रचण्डले भण्डारीबाट टिका नलगाउने जनाइएको छ । राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, कर्मचारी र सर्वसाधारणलाई भने टिका लगाइदिने कार्यक्रम छ ।

baburam-dashain
दशैंको टिका ग्रहण गर्दै बाबुराम र उनकी पुत्री । तस्विर : काठमाडौं पोष्ट

त्यस्तै प्रचण्ड माओवादीबाट अलग्गिएर नयाँ शक्ति पार्टी नेपालका संयोजक बनेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भने आफ्ना पिताबाट दशैंको टिका ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ । भट्टराईले कोटेश्वरमा पिताको हातबाट टिका लगाएर दशैं मनाउने कार्यक्रम रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तत्कालिन राष्ट्रपतिबाट टीका ग्रहण गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली ।  तस्बिर :  रासस
तत्कालिन राष्ट्रपतिबाट टीका ग्रहण गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : रासस

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com