अमेरिकामा अनमोल अभिनित चलचित्र कृ को प्रदर्शन सुरु, यस्ता छन् दुर्बल र सबल पक्ष


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

अमेरिकामा चलचित्र कृ को प्रदर्शन सुरु गरिएको छ । टेक्सासमा शुक्रबारदेखि देखाउन थालिएको कृ न्युयोर्कका आइतबार देखाइएको छ । अन्य स्थानमा पनि चलचित्र प्रदर्शन हुँदैछ ।

किन हेर्ने फिल्म ?

करिब दुई बर्षको अन्तरालपछि अनमोल थप माझिएर आएका छन् । शरीर बलिष्ठ देखिएको छ । खासगरी उनको आक्रमक शैली निकै दमदार लाग्छ । लभर ब्वाई भन्दा पनि ‘एक्सन ब्वाई’ को रुपमा अनमोल फिट छन् ।

फिल्मको अर्को आकर्षण अदिती बुढाथोकी हुन्, जसले ग्ल्यामर बजारमा निकै तहल्का पिटिसकेकी छिन् । अदितीले यहि फिल्मबाट डेब्यु गरेकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किशोर पुस्ताका लागि अनमोल र अदीतिको अनस्क्रिन प्रेमकथा चाखलाग्दो हुनसक्छ । फिल्ममा मायाप्रेमका नोकझोंक मात्र छैन, धमाकेदार फाइट पनि छ । एक्सन फिल्म रुचाउनेहरुका लागि ‘कृ’ पोषिलो विकल्प हुनसक्छ । फिल्ममा देखाइएको लोकेसन एवं दृश्य लोभलाग्दो छ ।

अर्कोतिर फिल्ममा कामेश्वर चौरासिया, सरोज खनालले रमाइलो गराउँछन् । फिल्ममा भिलेन बनेका अनुप विक्रम शाहीको अभिनय तारिफयोग्य छ । छोटो भूमिका पाए पनि सुदम सिके खास्सा छन् ।

फिल्मको एउटा सरप्राइज गीत छ, ‘ओरालीमा अघि अघि ।’ फिल्म ‘सम्झना’मा बुवा भुवन केसी र तृप्ती नाडकर नाचेको गीतलाई अनमोलले अलिकति ग्ल्यामराइज्ड गरिदिएका छन् ।

विझाउने पक्ष

अनमोललाई विशेष क्याम्पमा राखेर सार्वजनिक गरिएको फिल्म ‘कृ’ निर्देशकीय कोणबाट भने सन्तोषजनक हुन सकेको छैन ।  फिल्ममा थुप्रै अपरिपक्व र अपत्यारिला दृश्य छन् ।

एकदमै आधारभूत कुरालाई समेत निर्देशकले बुझ पचाएको भान पर्छ । जस्तो कि, निर्देशकले अनमोललाई लाहुरे देखाउनका लागि लाहुरेकै गेटअपमा घर फर्केको देखाएको छ ।

लाहुरेको घर र शान/सौकत हेर्दा मनमा प्रश्न उठ्छ, यति खानदानी केटो किन राइफल बोक्न विदेशी भूमिमा भाँसिए ? लाहुरे आउनसाथ हजुरआमाले उनको घरमा एक से एक तरुनीको विस्कुन लगाइदिएको दृष्य अस्वभाविक छ । यति फितलो धरालतमा टेकेर प्रेमकथा बुनिएको छ कि, त्यो पत्यारिलो र स्वभाविक लाग्दैन ।

पटकथा लेखकले बर्तमान समाज, रहनसहन, बोलीचालीलाई टिप्न सकेका छैनन् ।  फिल्मको मूल कथा ‘प्रेम’ हो । तर, प्रेमको कथा भन्दा द्वन्द्वका दृश्य बढी रोमाञ्चक छन् ।

अनमोल कति दमदार ?

यो फिल्मका लागि अनमोलले निकै ठूलो मिहनेत गरेको प्रष्ट झल्किन्छ । आफ्ना कट्टर फ्यानहरुलाई अनमोलले निराश बनाएका छैनन् । रोमान्टिकदेखि एक्सन अवतारसम्ममा उनी जमेका छन् । पहिले नाच्नै नजान्ने अनमोलले गजबको पार्टी डान्स प्रस्तुत गरेका छन् । आफ्नो तर्फबाट उनले कुनै कमजोरी छाडेका छैनन् । फिल्मले व्यवसायीक सफलता हासिल गर्‍यो भने त्यसको एक्लो हकदार अनमोल नै हुनेछन् । फिल्ममा ‘लजिक’ खोज्नेहरु भन्दा पनि मनोरञ्जनमा मा रमाउनेहरुले ‘कृ’ बाट आनन्द लिनेछन् ।

एबीसी टेलिभिजनको सहयोगमा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com