न्युयोर्कमा ‘कृ’ को पहिलो शो हाउसफुल, दोश्रो शो अर्को साता


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

अनमोल केसी अभिनित चलचित्र ‘कृ’ को पहिलो शो न्युयोर्कमा हाउसफुल भएको छ । चलचित्र न्युयोर्कको क्वीन्समा रहेको उत्कृष्टमध्येको हलमा देखाइएको थियो ।  रिगल सिनेमाबाट संचालित यो थिएटर न्युयोर्कका उत्कृष्ट थिएटरमध्येको एक हो । जसमा हलिउडका ‘ए’ ग्रेडका चलचित्रहरु प्रिमियर हुने गरेका छन् भने बलिउडका केही चर्चित चलचित्रहरु समेत देखाइने गरिन्छ ।

चलचित्र हेरेपछि न्युयोर्कका दर्शकहरुले चलचित्रबारे सकारात्मक प्रतिकृया दिएका छन् । कथा र पटकथा अलिक कमजोर भएपनि उत्कृष्ट सिनेमेटोग्राफी, अब्बल फाइट, उत्कृष्ट संगीत लगायतले चलचित्रलाई रिच देखाएको दर्शकहरुले प्रतिकृया दिएका छन् । विगतमा नायक अनमोल केसीका चलचित्रहरु टिनएजरहरुलेमात्र रुचाउने खालका भएपनि यो चलचित्रमा उनको फरक शैलीको प्रस्तुतीले सबै उमेर समुहका दर्शकको चित्त बुझाएको छ । न्युयोर्कका अधिकांश दर्शकले चलचित्रलाई बलिउडको भन्दा निकै कम तर बन्दै आएका नेपाली चलचित्रहरुको दाँजोमा माथि राखेका छन् ।

चलचित्र हेरिसकेपछि अन्जन श्रेष्ठले चलचित्र हेर्ने क्रममा अल्क्षी अनुभव गर्नु नपरेको र हलबाट निस्कदा निराश हुनु नपरेको प्रतिकृया दिएका छन् । उनले चलचित्रमा देखाइएका ग्रामिण परिवेशका कैयन मनमोहक दृश्यले आफूलाई लोभ्याएको बताएका छन् । साथै उनले चलचित्रको सबैभन्दा अब्बल पक्ष क्यामेरा, सिनेमेटोग्राफी र फाइट रहेको बताएका छन् ।

त्यस्तै थुप्रै हलिउड र बलिउडका चलचित्रहरु समेत हेरिसकेका न्युयोर्क निवासी चर्चित लेखक राजन थपलियाले न्युयोर्कमा देखाइएका कैयन नेपाली चलचित्र हेरेर यस अगाडि निराश हुनुपरेपनि यो चलचित्र हेरेर त्यस्तो अनुभव गर्नु नपरेको बताएका छन् । नायक अनमोल केसीले आफ्नो अभिनय क्षमतालाई अझ तिखार्दै जानुपर्ने उनको सुझाव छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै मिस नेपाल अमेरिकाका आयोजक अमित शाहले पनि यो स्तरको नेपाली चलचित्र बनेमा न्युयोर्कमा प्रदर्शन गर्दा इज्जत नजाने बताएका छन् । हलिउड र बलिउडका चलचित्रको स्वाद बसिसकेका न्युयोर्कका नेपाली दर्शकहरुको चित्त बुझाउन सक्नु नै चलचित्रको सफलताका रुपमा हेरिएको छ ।

न्युयोर्कमा मुलधारको चलचित्र थिएटरमा नेपाली चलचित्र प्रदर्शन भएको सम्भवत यो नै पहिलो पटक हो । यस अगाडि कम गुणस्तरका स्थानीय चलचित्र हलमा नेपाली फिल्म प्रदर्शन गरिदै आएपनि खासगरी नेपाली चलचित्रहरु प्रोजेक्टरबाट सामान्य पर्दामा देखाउने गरिएको थियो । जसका कारण दर्शकहरुले आवाज र दृश्यको गुणस्तर अनुभव गर्न नपाउने अवस्था रहेको थियो ।

आइतवाबार दिउसो भएको चलचित्र ‘कृ’ को न्युयोर्क प्रिमियरमा हल पूरै भरिएको थियो । चलचित्रको टिकट पहिले नै लिनेहरुका लागि २५ डलर तोकिएको थियो भने ढोकामा लिनेले ३० डलर तिरेका थिए । थिएटरको नियमित भन्दा बढी शुल्क तिर्नुपरेपनि दर्शकले पहिलोपटक गुणस्तरीय चलचित्र थिएटरमा नेपाली चलचित्रको अनुभव गर्न पाएका छन् ।

चलचित्र देखाइएको थिएटर संचालक रिगल इन्टरटेन्मेन्ट गु्रपले अमेरिकामा ५७३ वटा थिएटरहरु संचालन गर्दै आएको छ जसमा ७ हजार ३ सय ४७ स्क्रीनहरु रहेका छन् । चलचित्रको दोश्रो शो आगामी साता हुनेछ । चलचित्र र यसको टिकटबारे थप बुझ्न ९१७ ५७९ ५१४३ मा छेपकलाई सम्पर्क गर्न सकिनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com