खच्चडको सहयोगमा चल्छन् कर्णालीमा गाडी


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

रमेश रावल |तपाईंहरूले सडक सञ्जाल र सवारीसाधन चल्न थालेपछि खच्चड विस्थापित भएको समचार पढ्नु र देख्नु भएको होला। तर, कर्णाली हुम्ला, मुगु र कालीकोटका केही ठाउँमा खच्चडबाट बोकेको पेट्रोलियम पदार्थले सवारीसाधन चल्ने गरेका छन्।

हुम्लाको सिमीकोटको उत्तर ग्रामीण भेगको २५ किमी ट्रयाक सडकमा गाडी गुड्ने गरेका छन्। ती सडकहरूमा चल्ने गाडीका लागि खच्चडबाट ढुवानी गरिएको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरिएको छ। सिमीकोट आसपासमा गुडिरहेका ट्याक्टर, जिप, स्काभेटर र मोटरसाइकल जस्ता सवारीसाधनमा मुगुको गमगढीबाट खच्चडमा ढुवानी गरिएकै पेट्रोलियम पदार्थ हाल्ने गरिएको नरदल बुढाले बताए। ‘हुम्लामा चल्ने सवारीसाधनहरूमा खच्चडबाट बोकेर पेट्रोलियम पदार्थ लैजाने गरिएको छ।’ उनले भने, ‘हुम्लामा विमान मात्र चल्छन् तिनीहरूले पेट्रोलियम पदार्थ बोक्दैनन्।

मुगुबाट खच्चडले बोकेर लैजान्छन्।’ चीन जाेड्ने सीमा नाका हिल्साबाट ७१ किमी दक्षिण नाम्खा गाउँपालिकाको ओख रथलासम्म ट्रयाक खुलेको छ। ओखरथलासम्म २ दर्जन गाडी सञ्चाल भइरहेका छन्। त्यहाँ पनि खच्चरमार्फत ल्याइएको पेट्रोलियम पदार्थबाट सवारीसाधन चल्ने गरेका छन्। कर्णाली करिडोरमा प्रयाेग गरिने मेसिन र सवारीसाधनमा पनि खच्चडमार्फत ल्याइएकै पेट्रोलियम पदार्थ नै प्रयोग गरिएको कर्णाली करिडोर नेपाली सेना निर्माण कार्यदलका प्रमुख मिलन कार्की बताए। ‘ स्काभेटरहरू पनि खच्चरमार्फत ढुवानी गरिएको पेट्रोलियम पदार्थ नै हो।’

उनले भने, ‘खच्चड नहुने भने कसरी पेट्रोलियम पदार्थ बोक्नु?’ कर्णाली करिडोरमा आसपासमा सवारी साधन चल्ने क्षेत्रमा मुगु, कालिकोट र बाजुराबाट पेट्रोलियम पदार्थ जाने गरेको छ। खच्चडले बोकेको पेट्रोलियम पदार्थ नै प्रयोग गरी मुगुका केही ग्रामीण इलाकामा स्काभेटरले सडक खनिरहेको स्काभेटर सञ्चालक जेसन शाहीले बताए। ‘हामी मुगुको सोरुपालिकामा सडक निर्माण गरिरहेका छौँ।’ उनले भने, ‘त्यहाँ स्काभेटरमा लाग्ने पेट्रोलियम पदार्थ लैजाने अर्को विकल्प छैन।’ उनले भने, ‘खच्चड नै उपयुक्त विकल्प हो।’

कालीकोटमा ग्रामीण सडक निर्माणका लागि खच्चडबाट नै पेट्रोलियम बोकाएर लैजाने गरेको मष्टमाडौं पेट्रोल पम्पका सञ्चालक हस्तबहादुर बमले बताए। ‘ग्रामीण सडकमा खच्चडमार्फत पेट्रोलियम पदार्थ लैजाने गरेका छन्।’ उनले भने, ‘सबै ठाउँमा सडक नखुल्दा यो समस्या आएको हो।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com