प्रधानमन्त्री ओली र प्रचण्ड भेटवार्ता हुने, उपेन्द्र र हृदयशलाई सरकारमा सहभागी गराउने तयारी


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

 

फागुन १३, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । सरकार बिस्तारबारे छलफल गर्न अध्यक्षद्वयले आज साँझ भेट गर्न लागेका हुन् ।

भेटमा मन्त्रालयको भागबन्डा टुंगिने बालुवाटार स्रोतले जानकारी दियो । बालुवाटार स्रोतका अनुसार एमाले–माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डा टुंगिन बाँकि रहेको छ । प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय बनाउने सरकारको निर्णयसँगै एमालेले १० र माओवादीले ७ मन्त्रालय पाउने सहमति गरेको बताइएको छ । मन्त्रालयको संख्यामा समझदारी भए पनि मन्त्रालय भागबन्डाको अन्तिम टुंगो नलागेको बालुवाटार स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम र सूर्य चिह्नमा चुनाव लडेका हृदयश त्रिपाठीलाई पनि सरकारमा सहभागी गराउन तयारी थालेका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव र हृदयश मन्त्री बनाउने प्रधानमन्त्रीको तयारीले पनि एमाले–माओवादीबीच मन्त्रालय भागबन्डा नटुंगिएको हो।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com