अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट अमेरिकामा ‘खुराफाती’ सम्मानित


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी अमेरिकाको आयोजनामा अमेरिकाको भर्जिनिया मनासस शहरमा आयोजित एक बिशेष साहित्यिक कार्यक्रममा कवी, कलाकारहरुले आ अाफ्ना कविता, गजल, मुक्तक, हाँस्यब्यङ्ग, गीत, नाच प्रस्तुत गरेर वाशिङटन डिसीको साहित्यिक र साँगीतिक माहोललाई नयाँ आयाम दिएका छन ।

प्रा. डा. हरिराज भट्टराई देखी खुराफाती हाकिम मनोज आचार्य सम्म, नीरा शर्मा, दुर्गा रिजाल, रामप्रसाद खनाल, प्रकाश नेपाल, भुप नारायण घर्ति मगर, परशु तिमल्सेना, पुस्कर पन्त, अम्बिका गुरुङ, मन थापा, सुनिता खत्री, बिमला निरौला, कमला खरेल, राम शरण हुमागाइँ, गुणराज लुइँटेल, अरुण रुपाखेती, अम्बिका गुरुङ, सुजना ढकाल, शकुन्तला न्यौपाने, गोमा न्यौपाने, तारा न्यौपाने, पुस्पा घिमिरे, सिता लुइँटेल, खगेस्वर न्यौपाने, मोहन निरौला, बिना घर्ति मगर, सुस्मा खनाल लगायतका सबैका कविता, गजल, मुक्तक, हाँस्यब्यङ्ग, गीत, नाचले अमेरिकामा पनि नेपाल र नेपालीको झल्को दिलाइरहेको थियो । ४ घण्टा चलेको उक्त कार्यक्रममा कवी तथा कलाकार पुस्कर पन्तको कविता सङ्रह नेपाल देखी अमेरिका सम्मको बिमोचन गरिएको थियो भने आयोजक हरुले अमेरिकाबासी नेपालीका तर्फ बाट खुराफाती उपनामले प्रसिद्धी पाएका अग्रज कलाकार मनोज आचार्यलाई वहाँले कला र साहित्यका क्षेत्रमा पुर्‍याउनुभएको योगदानअको कदर गर्दै सम्मान गरिएको थियो ।

यसै गरी अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजालाई पनि सम्मन गरिएको कार्यक्रममा कानुन एबम भाषा बिद डा. होमा बहादुर थापाले भाषा, साहित्य र सँस्कृतिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । महासचिब भुप नारायण घर्ति मगरले सँचालन गर्नुभएको उक्त वाशिङटन डिसी साहित्य सँगममा संस्थाका अध्यक्ष रामप्रसाद खनालले उपस्थित शाहअभागेए सबैलाई र यस कार्यक्रम श्रीँखलालाई सँयोजन गर्नुभएकोमा सल्लाहकार मन थापा मगर, महा सचिब भुप नारायण घर्ति मगर र सदस्य बिना घर्तिमगर लाई बिशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा जापानी नागरिक मिचिगोले जापानिज भाषाको गीत गाउनु भएको थियो । ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com