रुकुममा २३ वर्षसम्म पनि पुनर्निर्माण हुन सकेन, प्रहरी चौकी भवन


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

फागुन ९, रुकुम । तत्कालीन नेकपा माओवादीको आक्रमणका क्रममा २०५२ सालमा ध्वस्त भएको रुकुम पश्चिमको आठबिसकोटस्थित इलाका प्रहरी चौकीको भवन अझै पुनर्निर्माण हुन सकेको छैन ।

ध्वस्त भएको २३ वर्षसम्म पनि पुनर्निर्माण हुन नसक्दा प्रहरी चौकी भाडाको घरमा बस्दै आएको छ ।

२०५२ साल फागुन १ गते तत्कालीन माओवादी केन्द्रले राज्यसत्ता कब्जा गर्ने भन्दै ईलाका प्रहरी चौकीमा धावा बोलेको थियो । त्यसपछि प्रहरी चौकी नै विस्थापित भएको थियो ।

तर सरकार र माओवादी विद्रोही शान्ति सम्झौतापछि २०६३ सालमा चौकी पुनस्र्थापित भए पनि भवन भने बन्न सकेको छैन ।

लामो समयसम्म भाडाको घरमा कार्यालय सञ्चालन गर्नुपर्दा प्रहरीको दैनिक कार्यसम्पादन, थुनुवा राख्नदेखि खान बस्नमा समेत सास्ती बेहोर्नुपरेको निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक हरिवंश चौधरीले बताए ।

प्रहरी चौकीको आफ्नै जग्गा भए पनि सरकारी उदासिनका कारण भवन बन्न नसकेको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com