कान समातेर उठबस गर्दा दिमाग तेज हुने


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

तपाई मध्ये कतिजनालाई स्कुल पढ्दा शिक्षकबाट कान समातेर उठबस गर्ने सजाय पाउनुभएको थियो ? यदि त्यस्तो सजाय तपाईले पाउनुभएको थियो भने त्यो बैज्ञानिक रुपमा सही भएको प्रमाणित भएको छ ।

कान समातेर दैनिक तीन मिनेटमात्र उठबस गर्दा दिमाग तेजिलो हुने साथै अटिजम भएका बालबालिकाको लागि समेत निकै फलदायी हुने पुष्टी भएको छ । दाया हातले बायाँ कानको लोती र बायाँ हातले दायाँ कानको लोती समातेर उठबस गर्ने अभ्यासलाई सुपर ब्रेन योगाको नाम दिइएको छ ।

जिब्रोलाई मुखभित्रको माथिल्लो भागतिर फर्काएर, दायाँ हातले बायाँ र बाँया हातले दायाँ कान समातेर हरेक दिन १५ देखी २० पटकसम्म उठबस गरेर यो योगा गर्न सकिन्छ । यो योगा गर्ने क्रममा बस्दा स्वास लिने र उभिदा स्वास बाहिर फ्याक्ने गर्नुपर्छ । यो योगा गर्दा दिमाग तेजिलो हुनुका साथै केन्द्रीकरण क्षमता बृद्धि हुने विश्वास गरिएको छ ।

यसरी योगा गर्दा स्मरण शक्ति गुमाउने, पागलपन, अल्जाइमर जस्ता रोग लाग्नबाट बच्न सकिने साथै मानसिक शक्ति बृद्धि हुने, निर्णय क्षमता बढ्ने र ध्यान केन्द्रीत गर्नमा मद्दत पुग्ने बताइएको छ ।

युुनिभर्सिटी अफ क्यालिफोर्नियाका डाक्टर जोइ जोन्सले यसबारेमा अनुसन्धान गरेका थिए । उनले पनि यो योगा दिमाग तेजिलो बनाउन फाइदाजनक रहेको निष्कर्ष निकालेका छन् । तर यो योगा गर्दा जवानले पूर्वतिर र बृद्ध उमेरकाले उत्तरतिर फर्केर गर्न सुझाव दिइएको छ । अमेरिकाका केही चिकित्सकहरुले पनि यस्तो अभ्यासका लागि आफ्ना बिरामीहरुलाई परामर्श दिदै आएका छन् । अपांगता भएका बालबालिकाको रेखदेख गर्ने स्थानहरुमा पनि यो अभ्यास गरिन थालिएको छ ।

यो स्वास्थ्य सम्बन्धि सामान्य जानकारीमात्र हो । विस्तृतमा बुझ्न सर्टिफाइड चिकित्सकसँग सम्पर्क गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com