अमेरिकामा दीपल पुनको पहलमा म्याग्दीका मृगौलारोगीलाई सहयोग


प्रकाशित मिति : आश्विन २२, २०७३ शनिबार

 

म्याग्दीका ३३ बर्षका मृगौला रोगी कुमार पुनको सहयोगार्थ अमेरिकामा १ लाख ३१ हजार ३ सय ५२ रुपैया संकलन भएको छ । अमेरिका निवासी म्याग्दीका दीपल पुनको पहलमा सो रकम संकलन भएको हो ।

म्याग्दी जिल्ला बिम गा.बि.स.बाईन्दोफाँट ९ का कुमार पुनको दुबै मृगौलाले काम गर्न छाडेपछि अहिले मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा उपचार भइरहेको छ । उनको सहयोगार्थ म्याग्दीको भारबाङ्ग ४ बिमका न्युयोर्क निवासी दीपल पुनले सहयोग संकलन अभियान चलाएका थिए ।

14610732_326437087710402_669055232_n-2

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा दुईहप्ताको अवधिमा संकलन भएको ४ हजार १ सय १२ डलर नेपाल पठाएर दीपलका बुबा पूर्ण बहादुर पुन र आमा लालमति पुनमार्फत पीडित कुमार पुनलाई बुझाइएको छ । यो अभियानमा सहयोग गर्ने सबैलाई दीपल पुनले धन्यवाद दिएका छन् । आफ्नै बुबाआमाको हातबाट संकलित रकम हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै दिपलले सहयोगी सबैप्रति सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै दशैं र तिहारको शुभकामना समेत दिएका छन् ।

म्याग्दीका जन्मिएर काठमाडौंमा हुर्किएका दीपल पुन अफगानिस्तानमा ३० जना तालिवानसँगै एक्लै लडेर बेलायती महारानीबाट ब्रेभरी मेडल प्राप्त गर्ने बेलायती सेनामा कार्यरत दीपप्रसाद पुनका भाई हुन् ।

11222909_106136329740480_1240923146444608182_n
दीपल पुन

सहयोग गर्नेहरुको विवरण यस्तो छ 

1-copy 1-copy-2 1-copy-3 1-copy-4

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com