अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले थप १० दिन बिदामा बस्न निवेदन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसामु उनले घर बिदा ७ र भैपरी बिदा ३ दिनका लागि निवेदन दिएका हुन् । यसअघि असोज ३ गते उनी क्यानडा भ्रमणमा निस्किएका थिए ।
त्यहाँ औपचारिक कार्यक्रम २ दिन मात्र भए पनि उनी मुलुक फर्किएका छैनन् । उनीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले शुक्रबारसमेत म्याद तामेल गर्न नसकेको कान्तिपुरमा खबर छ। बिदा मागको निवेदनमा उनले विशेष काराण् केही नखुलाएको शीतलनिवास स्रोतले जानकारी दियो ।
क्यानडा भ्रमणको कार्यक्रम भने यसअघि नै मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । उक्त म्याद शुक्रबार सकिएकाले कार्कीले बिदाका लागि निवेदन दिएका हुन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।