एनआरएनले भूकम्पपीडितका लागि बनाउने नमुना बस्तीको शिलन्यास


प्रकाशित मिति : आश्विन २१, २०७३ शुक्रबार

 

एनआरएन डेको अवशरमा गोरखाको लाप्राकमा एनआरएनले भूकम्पपीडितका लागि निर्माण गर्ने नमुना बस्तीको शिलन्यास गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनले निर्माण गर्ने नमुना बस्तीको शिलन्यास गर्नुभएको हो । कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले, संरक्षक जिवा लामिछाने लगायतका एनआरएहरु हेलिकप्टरमार्फत लाप्राक पुगेका थिए ।

14522951_583270298548241_6117374974587368646_n

एनआरएनले गोरखाको लाप्राकका भूकम्प पीडितहरुका लागि ४ सय ४४ घर बनाउन लागेको छ । एनआरएनले भूकम्पपीडितका लागि १ हजार घर निर्माण गर्ने घोषणा गरे अनुरुप लाप्राकमा ४ सय ४४ घर निर्माण गर्न लागेको र बाँकी घरहरु अन्यत्र बनाउने जनाइएको छ । एनआरएनले ६१२ घर बनाउन चाहेको भएपनि जग्गा अपुग भएकाले ४ सय ४४ बन्ने भएको छ भने बाँकी १५० घरका लागि नयाँ ठाउँको खोजि हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

14495277_583270235214914_2584871761701149771_n

एनआरएनले लाप्राकको गुन्सीपाखामा सुविधायुक्त ४ सय ४४ घरको नमूना बस्ती बनाउने भएको छ । बस्ती निर्माणको सिलान्यासका लागि गोरखाको लाप्राक पुगेका प्रधानमन्त्री प्रचण्डले एनआरएनले गर्न लागेको कामको प्रशंसा गर्दै लाप्राकमा बन्न लागेको एकीकृत बस्ती देशकै नमूना बस्ती हुने बताए ।

14572235_583270641881540_7968988316019315728_n

एनआरएनका अध्यक्ष शेष घलेले अबको एकबर्षभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नमुना बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइने घलेले जनाएका छन् ।

14519708_583261251882479_350442375927720842_n-1

बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइनेछ । एकीकृत वस्तीमा संग्रहालय समेत बन्नेछ, जसमा पानी घट्ट, जाँतो, ढिकी, कम्युनिटी हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री हुने र बस्तीमा सोलार इनर्जी, अपांगमैत्री संरचना हुने जनाइएको छ ।

फोटो : जिबा लामिछाने / फेसबुक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com