दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प : ‘तर्सेर डिलमुनी पुगें’


प्रकाशित मिति : आश्विन २१, २०७३ शुक्रबार

दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र नेपालका अनुशार शुक्रबार विहान १० बजेर ३७ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

झण्डै तीनसातापछि शुक्रबार नेपालमा ४ रेक्टर स्केलभन्दा माथिको भूकम्प गएको हो । यसअगाडि गत सेप्टेम्बर १८ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

दोलखामा गएको भूकम्पको अनुभव आफूहरुले गरेको त्यसक्षेत्रमा रहेका नेपालीहरुले जनाएका छन् । उनीहरुले आफूहरुले कम्पनको अनुभव गरेको सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन् । सबिता उप्रेतीले आफूले गरेको भूकम्पको अनुभव यसरी फेसबुकमा पोष्ट गरेकी छिन् – ‘दोलखामा भुकम्पले मज्जाले हल्लायो । डिलमा बसेको थिए तर्सेर डिलमुनी पुगियो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com