आँखा अस्पताललाई शाह दम्पतीद्वारा एक अर्ब दान, भन्छन्– यो बुवाआमाकै सत्मार्गको प्रेरणा हो


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

फागुन ५, नेपालगन्ज ।  पश्चिम नेपालकै सबैभन्दा ठूलो आँखा अस्पताल हो, फत्तेबाल आँखा अस्पताल। तर धेरैलाई थाहा नहुन सक्छ, अस्पतालको नामअघि फत्तेबाल किन राखियो ?

कप्तान फत्तेजंग शाह तथा उनकी पत्नी बाल दिव्यश्वरी शाहको नामबाट अस्पतालको नामकरण भएको हो।

शाह दम्पतीले नेपालगन्जको फुटेग्रास्थित आफ्नो २० कोठाको घर र करिब ३० कठ्ठा जग्गा अस्पताललाई दानमा दिएको थियो। घरजग्गा दानमा दिने दाताको नामबाट नै अस्पतालको नाम राखिएको हो।

सो घरजग्गाको अहिलेको मूल्यांकन गर्ने हो भने करिब ३० करोड हुने अस्पतालका प्रबन्धक डा कौशल कुमार बर्मा बताउँछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिला बुवाआमाले आँखा अस्पतालका लागि नेपालगन्जमा रहेको घरजग्गा दानमा दिएका थिए। समाजका लागि दान गरेर सेवा पुर्‍याउने बुवाआमाको कार्यलाई अहिले छोरा श्रीजंग शाहले निरन्तरता दिएका छन्।

काठमाडौं महानगरपालिका १ कान्तिपथको करिब ५ कठ्ठा जग्गा पुनस् सोही अस्पताललाई श्रीजंगले दान गरेका छन्। चलनचल्तीको मूल्यांकनमा जग्गाको दाम करिब १ अर्ब रहेको छ।

दानवीर ९१ वर्षीय श्रीजंग शाह पत्नी रुद्रकुमारी शाहसँगै बस्दै आएका छन्। उनीहरुकी एक विवाहित छोरी छिन्।

शाहले दान गरेको जग्गा पास भएर लालपुर्जा नै अस्पतालको नाममा आइसकेको प्रबन्धक डा बर्माले बताए। उक्त घरजग्गा शाहको मरोणपरान्त अस्पतालको स्वामित्वमा आउनेछ।

बुवाले दानमा दिएको घर र जग्गामा बनेको आँखा अस्पतालबाट नेपालगन्ज लगायत पश्चिम नेपाल र भारतका विभिन्न सहरका विपन्न नागरिकले सर्वसुलभ रुपमा गुणस्तरीय उपचार सेवा पाउँदा आफूलाई निकै खुसी लागेको शाह बताउँछन्।

ुबुवाआमाको निस्वार्थ सामाजिक कार्यको प्रेरणाले मैले पनि यस्तो निर्णय गरेको हुँ,ु उनी भन्छन्। अस्पताले चित्तबुझ्दो काम गरेकाले आफूले बुवाआमाकै सत्मार्ग पछ्याएको उनको भनाइ छ।

आफूलाई भेट्न आउने शुभेच्छुकलाई शाहले जीवनमा स्वर्ग र नर्क यही भएको बताउँदै निस्वार्थ भावले सामाजिक कार्य गरेर आनन्द र खुसी महसुस गर्न आग्रह गर्ने गरेका छन्।
समाजमा आफू र नातेदारका लागि मात्रै सोच्ने प्रवृत्ति मौलाइरहेको समयमा शाह सामाजिक कार्य गर्न प्रेरितहरुका लागि उदाहरणीय बनेका छन्।

२०४३ सालमा १० बेडबाट सुरु भएको अस्पतालमा अहिले २ सय ५० बेड सञ्चालनमा छ। स्थापनाकालमा ४ हजार ५ सय ६९ जना बिरामीको उपचार गर्नुका अस्पतालले १ सय ५३ जनाको शल्यक्रिया गरेको थियो।

अस्पताल व्यवस्थापनले दाताको चाहना र प्रेरणा आुसार सेवा विस्तार गर्दै अहिले २ सय ५० बेड पुर्‍याएको छ।

अस्पतालले गत आर्थिक वर्षमा १ लाख २० हजार ७ सय ३७  बिरामीको आँखा परीक्षण गरी उपचार गर्नुका साथै तीमध्ये ११ हजार ७ सय १ बिरामीको आँखाको शल्यक्रिया गरेको छ।

अस्पताल बिहान ८ बजे देखि ११ बजेसम्म र अपराह्न साढे १२ देखि साढे ३ बजेसम्म सञ्चालन हुँदै आएको छ। यहाँ ३ जना नेत्र विशेषज्ञ, १६ जना नेत्र सहायकसहित ७१ जना कर्मचारीहरु कार्यरत छन्।
स्रोत- स्वास्थ्य खबरपत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com