२० बर्षपछि ट्वाक्क टुक्क लिएर दिनेश डिसी, ऋषी धमलाको पनि अभिनय


प्रकाशित मिति : आश्विन २१, २०७३ शुक्रबार

२० बर्षअगाडि नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य कार्यक्रम ‘ट्वाक्क टुक्क’ अब कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ । एड रिलिजले निर्माण गर्न लागेको कार्यक्रम ‘ट्वाक्क टुक्क रिटर्न्स’ को नाममा हरेक शुक्रवार बेलुका साढे सात बजेबाट प्रसारण हुने भएको छ । ‘ट्वाक्क टुक्क रिटर्न्स’ को पहिलो भागमा पत्रकार ऋषी धमलाको समेत अभिनय रहने भएको छ ।

14519783_10157571058800224_2578243049741560778_n

कार्यक्रम २० बर्ष अगाडि जस्तै अहिले पनि दिनेश डिसीले नै गर्ने भएका छन् । ‘ट्वाक्क टुक्क रिटन्र्स’ मा दिनेश डिसी, महादेव त्रिपाठी, रेशम फिरिरी,शुशिला निरौला, जुंगे भट्टराई, माधब पण्डित,शंकर पाण्डे, सुरेश असिम आदिको समेत अभिनय रहने भएको छ ।

14470406_10157571059010224_7751095463088677909_n

 

२० बर्षअगाडी दिनेश डिसी निर्देशन गर्दा कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगायतले अभिनय गरेका थिए । कार्यक्रममा हरेक हप्ता एक सेलिब्रेटीको अभिनय राखिने जनाइएको छ ।

14572306_10157571058875224_7525082951504821118_n

14446172_10157519705850224_8712147922198624205_n

ट्वाक्क टुक्कको शीर्ष गीत रेकर्डका क्रममा ।

14470503_10157529680730224_7253942871616393906_n

14479534_10157529699095224_4784418582726710222_n

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com