डडेल्धुरामा तीन हजार बिरामीको स्वास्थ्य परीक्षण


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

फागुन ४, डडेल्धुरा । नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकिकृत स्वास्थ्य शिविरमा तीन हजार २०७ विभिन्न किसिमका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ।

नवदुर्गा गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पाँचवटै वडामा सञ्चालन भएको उक्त एकिकृत स्वास्थ्य शिविरमा दाँत, आँखा, पाठेघरलगायतका बिरामीको उपचार गरिएको थियो। गत माघ २१ गतेदेखि सञ्चालन भएको सो स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षण एक हजार ९२९, पाठेघर सम्बन्धी चेकजाँच तीन सय १२, आँखाको उपचार एक हजार १८६, दाँतको उपचार ३३६ तथा भिडियो एक्सरे १६४ जनाको गरिएको नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिए।

यसैगरी चश्मा वितरण ३९८ जना र मोतियाविन्दुका ११५ बिरामीको उपचार गरिएको थियो । सो कार्यको आर्थिक व्यवस्थापन गाउँपालिकाले गरेको थियो । तीन हजार २०७ जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो । गाउँपालिकाका पाँचवटै वडामा एकीकृत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । निःशुल्क शिविर सञ्चालनमा रु १३ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com