हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार
फागुन ३ भोजपुर । भोजपुर जिल्लामा हात्तीपाइले ९फाईलेरिया० रोग विरुद्धको औषधी खुवाइने भएको छ ।
हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि खुवाउने निर्णय गरेको हो । यस वर्ष भोजपुरमा एक लाख ५० हजार ४०० लाई औषधि खुवाइन लागेको जनस्वास्थ्यका फोकल पर्सन विनोद मिश्रले जानकारी दिए । यसमा ८० हजार ७७ महिला र ७० हजार ४१७ पुरुष रहेका छन् ।
औषधि खुवाउनका लागि एक हजार १०३ स्वयम्सेविका परिचालन गर्नाका साथै औषधि सेवनपछि आउने तत्कालीन असर समाधानका लागि कार्यालयले ४३५ जना स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गर्ने भएको छ ।
यसैबीच, भोजपुरमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम यस वर्ष आठौँ चरणमा पुगेको छ ।
स्रोत-रासस
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






