प्रधानन्यायाधीशसँग न्यायाधीशहरु रुष्ट


प्रकाशित मिति : आश्विन २१, २०७३ शुक्रबार

फुलकोर्ट नै नबोलाई सर्वोच्च अदालतका नाममा प्रधानन्यायाधीशले एउटा राष्ट्रिय कार्यक्रम आयोजना गरेको तीन दिनपछि न्यायाधीशहरुले त्यसप्रति कडा आपत्ति जनाएका छन् । सर्वोच्च अदालतको आयोजनामा गत आइतबार ‘महिलाविरुद्धको हिंसा र न्यायमा पहुँच’ विषयक राष्ट्रिय कार्यक्रम आयोजना गरिएको थियो ।

यूएनडीपीअन्तर्गतको गैरसरकारी संस्था रोलरको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायत उच्च पदस्थ व्यक्ति सहभागी थिए । यसअघि राष्ट्रप्रमुख उपस्थित हुने यस्तो प्रकृतिको कार्यक्रम फुलकोर्टबाट पारित गराउने प्रचलन थियो ।

सर्वोच्चका वरिष्ठ न्यायाधीश एवं परिषद् सदस्य वैद्यनाथ उपाध्यायले उक्त कार्यक्रम फुलकोर्टबाट पारित नगराइएको भन्दै असन्तुष्टि जनाएका अन्नपूर्णमा खबर छ । सर्वोच्च उच्च स्रोतका अनुसार फुलकोर्टमा प्रस्ताव नराखिएको भन्दै उपाध्यायसहित न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, चोलेन्द्रशमशेर राणा, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठलगायतका न्यायाधीश असन्तुष्ट छन् ।

सर्वोच्चले नीतिगत निर्णय, फैसला, न्यायाधीश सम्मेलन, संविधान, नियमकानुनमा छलफलमार्फत आफ्नो कुरा भन्न सक्ने भएपनि एजनीओको सहयोगमा गर्ने यो प्रकृतिको कार्यक्रम विचारणीय रहेको असन्तुष्टि उनीहरुको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com