फेसबुकका मालिक यसरी सफल भए


प्रकाशित मिति : आश्विन २०, २०७३ बिहीबार

सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग संसारका कान्छा धनीमध्ये एक हुन् । २३ वर्षमा कलेज छाडेका जुकरबर्गको सम्पत्ति ३७ बिलियन डलरभन्दा धेरै भएको फोब्र्स पत्रिकाले सार्वजनिक गरेको थियो । सबैभन्दा महत्वपूर्ण आत्मविश्वास र दृढता हो । युवाअवस्थामा हामीले बारम्बार सुन्नुपर्छ– तपाईंसँग अनुभव छैन । हामीलाई पनि महसुस हुन्छ, हामीभन्दा अनुभव भएका मानिस धेरै छन् । तर, सबैसँग सुरुमै अनुभव हुँदैन । मैले फेसबुक बनाउन सुरु गरेको १९ वर्षको हुँदा हो । त्यतिवेला मलाई केही थाहा थिएन ।

आफ्नो अवमूल्यन नगर्नुहोस् । आफूले गरेको कामलाई कहिल्यै सानो नसोच्नुहोस् । संसारका सबै मानिस फरक छन्, उनीहरूका चाहना फरक छन् । सबैका धारणा फरक छन्, सबैले विश्वका लागि नयाँनयाँ आविष्कार गर्न सक्छन् । आफ्नो कामलाई ‘युनिक’ सोचेर अगाडि बढ्नुहोस् ।

मानिसहरू तपाईं के भन्नुहुन्छ भन्ने कुरालाई त्यति धेरै ध्यान दिँदैनन् । तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुरालाई ध्यान दिन्छन् । तपाईंले बनाउने कुरामा उनीहरूको चासो हुन्छ । त्यसैले, केही कुरा बनाउनतिर लाग्नुहोस्, भन्नेतिर होइन ।

आफूलाई प्रश्न सोध्नुहोस्– के म त्यो गरिरहेको छु, जुन आफ्ना लागि सबैभन्दा महत्वपूर्ण हो ? आफूलाई नै आफ्नो कामको महत्व थाहा छैन वा त्यो काम महत्वपूर्ण लागिरहेको छैन भने त्यो काम सफल पनि हुनै सक्दैन । आफूलाई सन्तुष्ट बनाउने काम गर्नुहोस् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छिटो दौडिनुहोस् । छिटो काम गर्ने सोच बनाउनुहोस् । जबसम्म तपाईं छिटो दौडिनुहुन्न र काम गर्नुहुन्न, तपाईंले गरेको कामको कुनै महत्व नै हुँदैन । समयमै काम गर्नुहोस् । अन्यथा त्यसले समस्यामा पार्न सक्छ । चुनौतीहरूको सामना गर्न नडराउनुहोस् । विश्व बदलिँदो छ । बदलिइरहेको विश्वमा चुनौती भएनन् भने सफलताको त्यो बिन्दुमा पुग्न सकिँदैन जहाँ तपाईं आफूलाई देख्न चाहनुहुन्छ ।

प्रतिबद्धताहरू बनाउनुहोस् । ती प्रतिबद्धता पूरा गरेरै छाड्नुहोस् । यसले तपाईंलाई सफल बनाउन सहयोग गर्नेछ । काम गर्न यो र त्यो ठाउँ नभन्नुहोस् । जहाँ बसेर काम गर्दा सजिलो हुन्छ, त्यहीँ काम गर्नुहोस् । मैले फेसबुकबारे सोचेको एउटा सानो कोठामा हो । त्यहाँ सामानहरू यत्रतत्र छरिएका थिए । मलाई त्यही ठाउँमा काम गर्दा आनन्द आउँथ्यो । जहाँ बसेर काम गर्दा आनन्द आउँछ, त्यहीँ काम गर्नुहोस्

नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com