मुटुका लागि ध्वनि प्रदूषण खतरा


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

एजेन्सी– ध्वनि प्रदूषणले मुटुका रोग निम्त्याउने खतरा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न खालका ध्वनीका कारण कोरोनरी आर्टरी राग, हाइपरटेन्सन र मुटु फेल हुनेजस्ता समस्या निम्तने अनुसन्धानकर्ताको भनाइ छ । यो अध्ययनको नतिजा अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा यसैसाता प्रकाशित छ ।
अनुसन्धानकर्ताहरुले ठूलो आवाजले निद्रा खल्बल्याउनेमात्र होइन, थुप्रै स्वास्थ्य समस्या निम्त्याउने बताएका छन् । यसका कारण तनाव बढ्दा निस्कने हर्मोनले मुटुलाई क्षति पु¥याउन सक्छ । मुख्य अनुसन्धानकर्ता थोमस मुन्जेल भन्छन्, ‘१० वर्षअगाडिसम्म आवाजलाई मानिसहरु बेवास्ता गर्थे, तर यसले मुटुजन्य रोग लाग्ने धेरै प्रमाण भेटिइसकेका छन् ।’
यद्यपि अनुसन्धानले ठूलो आवाजले मुटु रोग लाग्छ भनेर औपचारिक रुपमा प्रमाण पेश गरेको छैन ।
अनुसन्धानकर्ता मुन्जेल भन्छन्, ‘लामो समयदेखि ध्वनि प्रदूषणमा रहने हो भने त्यसले डिप्रेसन र चिडचिडाहट समस्या पनि निम्त्याउँछ र बालबालिकाको वृद्धिमा पनि असर पर्छ ।’
विश्व स्वास्थ्य संगठनले ध्वनि प्रदूषणलाई निकै कम महत्वको खतराका रुपमा उल्लेख गरेको छ । जसका कारण निद्रा खल्बलिने, मुटुमा समस्या र काममा अवरोध र सुन्नमा समस्या निम्तने डब्लुएचओले जनाएको छ ।
डब्लुएचओले राम्रो सुताईका लागि ध्वनिको तह ३० डेसिबल हुनुपर्ने उल्लेख गरेको छ भने समुदायमा हुनुपर्ने ध्वनिको निर्देशिका सार्वजनिक गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com