माघ २८, पाल्पा । जिल्लाकै विकट र दुर्गममा पर्ने निस्दी गाउँपालिका वडा नं १ सहलकोटमा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट एक सय ४१ जनाले सेवा लिएका छन् ।
शनिबार सम्पन्न शिविरमा आँखा परीक्षण गराएका एक सय ४१ मध्ये १४ जनामा मोतियाविन्दुका बिरामी फेला परेको कालीगण्डकी आँखा उपचार केन्द्रका प्राबिधिक सुन्दर रानाले बताउनुभयो । शिविरका अवसरमा आँखाका बिरामीलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको छ ।
जनविकास परिचालन केन्द्र नेपालको आयोजना, रामपुर बचत तथा ऋण सहकारी संस्थाको सहयोग र कालीगण्डकी आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविर चलेको हो । गाउँमै आँखा जाँच गर्ने सेवासुविधा तथा औषधि उपचार पाएपछि यहाँका स्थानीयवासी खुशी भएको स्थानीयवासी प्रेम बाकाबलले बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।