गुल्मीका मृगौला पिडीत टेकराज खनालको जीवन रक्षाका लागि अनुरोध


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

गुल्मी रेसुुङ्गा नगरपालिका वार्ड नं. ४ स्थाइ घर भएका मित्रप्रसाद खनाल तथा मिना खनालका एकमात्र छोरा बर्ष २० का टेकराज खनालका दुबै मृगौलाले कामगर्न छाडेपछि उनि यतिबेला शिक्षण अस्पतालको बेडमा छटपटाईरहेका छन् ।

बिगत दुई महिना देखी उनी निरन्तर उपचारमा छन् । निरन्तर उपचार तथा प्रत्येक हप्तामा दुइपटक गर्नुपर्ने डायलासिसमा लाग्ने खर्चको जोहो गर्न कठीन भएपछी बाबु मित्रप्रसादले छोराको जीवनरक्षाको लागी आर्थिक सहयोगका लागी अनुरोध गरेका छन् ।

पीडितकी आमा मिना खनालले आफ्नो मृगौला छोराको जीवन रक्षाको लागी दिनलागेको बताइन ।उनि मृगौला दिन तयार भएपछी उनको मृगौलासम्बन्धि स्वास्थ्य परिक्षण गर्दा दिन मिल्ने देखिएको छ ।तर सो को लागी नेपाल सरकारले दिने भनिएको अनुदान रकम प्रयाप्त नहुने भएकाले थप १२ लाख जति रुपैयाको जोहो गर्न अस्पतालले बताएको मित्रप्रसादले बताए ।

यस अघि उनले लगभग ८ लाख रुपैया खर्च भैसकेको बताएका छन् । उनले आर्थिक सहायतका लागी खसोखास मार्फत अपिल गरिदिन आग्रह गरेका छन् ।
उनलाइ सहयोग गर्न चाहनुहुने महानुभावहरुले पिडीत स्वयंको नेपालमा रहेको निम्न बैंक,नाम तथा खाता नं. मा सहयोग गर्नुहुन अनुरोध छ ।
प्रभु बैंक
नाम थर: टेकराज खनाल
खाता नं. ०४२०१०००९८६१७१०००००१
वा,
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक
नाम थर: टेकराज खनाल
खाता नं.००१००७००१२५२५६०००००१

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com