बेहुलीले बच्चा जन्माइन् बिहेकै दिन


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

माघ २७, लहान । सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् ।

राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए । शनिबार घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् ।

लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् । बच्चा स्वथ्य रहेको स्थानीय बासीराम सिंहले दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com