प्रदेश ४ का सबै मन्त्रालय भोलिदेखि सञ्चालनमा आउने


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

माघ २७, कास्की । प्रदेश ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। यो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय स्थापना गरिएको छ। आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ। मन्त्रालय राख्नको लागि केही नयाँ भवन र केही पुराना सरकारी कार्यालय भवनहरुलाई चिटिक्क पारिएको छ। कुन मन्त्रालय कहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय सीप विकास केन्द्रको नवनिर्मित भवनमा। उद्योग, पर्यटन र वन मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा। भौतिक पूर्वाधार मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा। सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राखिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com