दाइजो नपाएपछि श्रीमान्‌ले नै चोरे एउटा मिर्गौला


प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार

माघ २५, भारतकी एक महिलाले आफ्नो श्रीमान् र देवरले दाइजो नपाएको निहुँमा आफ्नो एउटा मिर्गौला चोरेको आरोप लगाएपछि प्रहरीहरूले उनीहरूलाई पक्राउ गरेको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालकी महिलाका श्रीमान्‌ले दुई वर्षअघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर व्यवस्था मिलाएका थिए।

सन् २०१७ को अन्त्यमा दुईवटा फरक मेडिकल परीक्षणले उनको एउटा मिर्गौला नभएको देखाएको थियो।

ती महिलाले उनका श्रीमान्‌ले बेलाबेला दाइजोको माग गर्ने गरेको आरोप लगाएकी छन्।

महिलाका लागि भारत कति सुरक्षित ?

‘नराम्री युवतीलाई धैरै दाइजो’

प्रतिबन्ध
परम्परागत रूपमा बेहुलीका परिवारले बेहुलाको परिवारलाई दिने दाइजोमाथि भारतमा सन् १९६१ मा प्रतिबन्ध लगाइएको थियो।

भारतीय सञ्चारमाध्यमसँग बोल्दै पीडित भनिएकी रीता सरकारले आफू दाइजोका कारण वर्षौंदेखि घरेलु हिंसामा पर्दै आएको बताएकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिन्दुस्तान टाइम्सले उनलाई उद्धृत गर्दै लेखेको छ, मेरा श्रीमान्‌ले मलाई कोलकातास्थित निजी नर्सिङ होममा लगे जहाँ मलाई मेरा श्रीमान् र त्यहाँका कर्मचारीले शल्यक्रियाबाट सुन्निएको एपेन्डिक्स हटाए ठिक हुने बताएका थिए। मेरो श्रीमान्‌ले कोलकातामा भएको उपचारबारे कसैलाई केही नभन्न सचेत गराएका थिए।

बलात्कृत बालिकाको गर्भपतन निवेदन अस्वीकारभारतमा दुई करोड ‘अनिच्छित’ छोरीहरू

अभियोग
महिनौँपछि उनलाई बिसन्चो भयो र परिवारका सदस्यले उनलाई अस्पताल पुर्‍याए।

उपचारका क्रममा उनको दाहिने मिर्गौला नभएको पत्ता लागेको उनले बताइन्।

दोस्रो परीक्षणले उनको मिर्गौला नभएको प्रमाणित भयो।
मैले त्यसपछि बुझेँ किन मेरो श्रीमान्‌ले मलाई यसबारे कसैलाई नभन्नू भनेका थिए, उनले हिन्दुस्तान टाइम्सलाई बताएकी छन्।

मेरो परिवारले दाइजोको माग पूरा गर्न नसकेको हुनाले उनले मेरो मिर्गौला बेचेका हुन्।

द टेलिग्राफले प्रहरी निरीक्षक उदयशंकर घोषलाई उद्धृत गर्दै लेखेको छ, ूहामीले अवैध धन्धामा संलग्नता रहेको आशंका गरेका छौँ।

मानव अंग प्रत्यारोपण प्रावधानअन्तर्गत हामीले मुद्दा दर्ता गरेका छौँ। हामीले तीन जनाविरुद्ध हत्या प्रयास र श्रीमतीलाई यातना दिएको अभियोग लगाएका छौँ।
source – बीबीसी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com