बाढी पहिरोमा कम्तीमा ६६ को मृत्यु, प्युठानमा मात्रै ३८ को ज्यान गयो


प्रकाशित मिति : श्रावण १२, २०७३ बुधबार

विगत तीन दिनदेखिको बाढीपहिरोका कारण देशका विभिन्न भागमा ज्यान गुमाउने मानिसहरुको संख्या ६६ पुगेको, ३१ जना घाइते भएका , १५ जना मानिसहरु अझै हराइरहेका गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

मध्यपश्चिमको प्यूठान जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ, जहाँ कम्तीमा ३८ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयलाई उद्धृत गर्दै नयाँ पत्रिका दैनिकले जनाएको छ ।

हराएका कैयनको खोजी एवं पीडितको राहत तथा उद्धार कार्य जारी छ।

राससका अनुशार प्यूठानमा हालसम्मकै विपत्ति आएको भन्दै पूर्व गृहमन्त्री वामदेव गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोख्रेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा, सांसदहरु दुर्गा पौडेल, हीराबहादुर केसी, धनबहादुर रायमाझी, पुनाराम थापा र पूर्व सांसद मुक्ति शर्मासहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसहित रक्षा र गृह मन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्यूठानपछि पश्चिम नेपालको गुल्मीमा बाढीपहिरोले ठूलो वितण्डा मच्चाएको छ। त्यहाँ ७ जनाले ज्यान गुमाएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए। बाढी पहिरोबाट गुल्मी, पाल्पा, बाग्लुङ, अर्घाखाँची, कपिलबस्तुमा  २१ जनाको मृत्यु भएको छ । झापा, सुनसरी, मकवानपुर, दोलखा, रुपन्देही, सर्लाही लगायतका जिल्लामा पनि ठूलो जनधनको क्षति भएको छ ।

विभिन्न क्षेत्रका मानव बस्ती डुबानमा परेका छन् भने खेतीयोग्य जमिन बाढीले बगाएको उनीहरुले बताएका छन्। देशका ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ। राप्ती र नारायणी नदीमा पानीको मात्रा खतराको संकेतभन्दा माथि पुगेको बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com