अमेरिकामा फ्लुको संक्रमण झन् तीब्र,५३ को मृत्यु


प्रकाशित मिति : माघ २१, २०७४ आईतबार

अमेरिकामा सुरु भएको फ्लुको संक्रमण झन् तीब्र भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) ले फ्लुका कारण गत सातामात्र थप १६ बालबालिकाको मृत्यु भएको जनाएको छ । योसंगै अमेरिकाभर फ्लुबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।

सिडीसीको इन्फ्लुयन्जा डिभिजनका निर्देशक डा. डान जेर्निगनले फ्लुको भाइरस अमेरिकाका ४८ राज्यमा फैलिइसकेको बताए । सिडीसीका अनुसार फ्लुका कारण अस्पताल भर्ना हुने दर अहिलेसम्मकै उच्च मानिएको छ । सिडीसीकी कार्यकारी निर्देशक डा. एनी सुच्याटले यस वर्षको फ्लु संक्रमण सन् २००९ को स्वाइन फ्लु महामारीपछिको खराब रहेको बताइन् ।

अस्पतालहरुमा फ्लुका बिरामीको वृद्धिदर ४० प्रतिशत रहेको जनाइएको छ । क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित रहेको छ । गत सातामात्र प्रयोगशाला परीक्षणबाट १७ हजार २४ केस पुष्टि भएको थियो भने यो सिजनमा फ्लुबाट प्रभावित हुनेको संख्या १ लाख २६ हजार १ सय १७ पुगेको छ । हरेक १ लाख मानिसमा ५१.४ जना फ्लुका कारण अस्पताल भर्ना भएको सिडीसीले जनाएको छ । यसअघि २०१४÷१५ मा अमेरिकाभर फ्लुबाट प्रभावित हुनेको संख्या ३२ मिलियन अर्थात् ३ करोड २० लाख थियो ।

एटलान्टाका अस्पतालले गतवर्षको यो सिजनमा भन्दा यसवर्ष २५ प्रतिशत बिरामी बढी भर्ना भएको जनाएका छन् । एटलान्टास्थित ग्राडी मेमोरियल अस्पतालकी इमर्जेन्सी प्रमुख हानी अटल्लाहले इमर्जेन्सीमा हरेक दिन ५ सय बिरामी भर्ना हुने गरेको बताइन् । गत वर्ष यो संख्या दैनिक ४ सय रहने गरेको उनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेलीमेलबाट
हाँच्छ्यु आउने, खोकी लाग्नेजस्ता समस्या सामान्य रुघा र फ्ल्ुमा एकैजस्तो भएपनि ज्वरो आउने र जिउ दुख्नेबित्तिकै २४ घण्टाभित्र अस्पताल जान डाक्टरले सल्लाह दिएका छन् । हात धुने, मास्क लगाउने र घरमै आराम गर्नाले भाइरस फैलनबाट कम हुने चिकित्सकको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com