भारतमा कार ट्रकमा ठोकिँदा दुई नेपालीको मृत्यु


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

माघ १८, बाँके । गुडिरहेको कार ट्रकमा ठोकिँदा बिहीबार भारतमा दुई नेपालीको मृत्यु भएको छ। रुपइडिहाबाट लखनऊ जाने क्रममा बहराइच जिल्लाको रिसिया नजिक दुर्घटना हुँदा नेपालगन्जका मुनब्बर ड्राइभिङ सेन्टर संचालक मुनब्बर अली हलवाई र नेपालगन्ज उपमहानगरपालिका– १८, कारकाँदोका रोशन शाहको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी मृत्यु भएका शाह नेपाल प्रहरीका पूर्व नायव निरीक्षक हुन्। दुर्घटनाग्रस्त कार क्षतविक्षत भएको छ। हलवाईले चलाइरहेको युपी ४० एक्स ६८१४ नम्बरको कार र युपी २१ एएन ७०६२ नम्बरको ट्रक एकआपसमा ठोकिँदा मुनब्बरका छोरा इब्राहिम हलवाई, नेपालगन्जकै अंगुर खड्का र नेपालगन्जकै संग्राम शाह घाइते भएका छन्। घाइतेमध्ये इब्राहिमको अवस्था चिन्ताजनक रहेको छ। उनलाई उपचारका लागि लखनऊ लगिएको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ। घाइते खड्का र शाहको बहराइचमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ। दुर्घटना बिहान करिब९ः३० बजे भएको थियो। इलाका प्रहरी कार्यालय कोहलपुरले दुर्घटनाको बारेमा जानकारी दिएपछि भारतीय प्रहरीको सहयोगमा जानकारी लिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com