कडा खालको रोगीको संख्या बढ्दै


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

माघ १८, भद्रपुर । झापामा गएको तीन आर्थिक वर्षको लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७०र७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिए भने आव २०७१र७२ मा मुटु रोगी १२० जना, मिर्गौला रोगी ६५ जना र अर्बुद रोगी २३३ जनाले जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिश लिएको तथ्यांक शाखाका कर्मचारी तोया दाहालले जानकारी दिए।

उनका अनुसार यस्तै कडा खालका रोग लागेका आव २०७२र७३ मा मुटु रोगी १४३ जना, मिर्गौला रोगी ७२ जना र अर्बुद रोगी २५५ जना देखिएकामा आव २०७३÷७४ मा मुटु रोगी २१३ जना, मिर्गौला रोगी १५७ जना, अर्बुद रोगी ३५९ जना दिमागी रोग भएको एकजना र पार्किङसन रोगी एकजनासहितले कार्यालयबाट रोगी भएको सिफारिस लिएको बताइएको छ।

तुलनात्मकरुपमा हेर्दा अर्बुद रोगी क्रमशः १८३, २३३, २५५ र गएको आवमा ३५९ जना भई यो रोगीको संख्या बढ्दै गएको छ भने मिर्गौला र मुटु रोगी पनि क्रमशः बढ्दै गएकाले यो अवस्था झापाका लागि भयावह रहेको हो। रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com