नेपाल चिकित्सा संघले रिर्पोट प्रमाणपत्रमा एकरुपता ल्याउने तयारी


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

माघ १७, काठमाडौं । अस्पतालै पिच्छे फरकफरक रिर्पोट आउने क्रम बढ्दै गएकाले नेपाल चिकित्सा संघले रिर्पोट प्रमाणपत्रमा एकरुपता ल्याउने तयारी गरेको छ । संघले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा रिर्पोट प्रमाणपत्रमा एकरुपता ल्याउने तयारी थालेको हो ।

अस्पतालहरुले आफु खुसी जन्म, मृत्युलगायतका विभिन्न रिर्पोट प्रमाणपत्रहरु दिँदै आएका छन् । जसले अस्पतालपिच्छे फरकफरक व्यवस्था हुँदा स्वास्थ्य क्षेत्रमा ठूलो समस्या देखिएको भन्दै यसलाई रोक्न रिर्पोट प्रमाणपत्रमा एकरुपता ल्याउन लागेको संघले जनाएको छ ।

संघले एक महिनादेखि नै यस विषयमा चिकित्सकहरुलाई तालिम दिन सुरु गरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए ।

उनले भने, “कुनै मानिसको मृत्यु भयो भने एउटा अस्पतलमा एक किसिमको मृत्यु प्रमाणपत्र दिन्छ, अर्को अस्पतालले अर्कै किसिमको प्रमाणपत्र दिएको पाईन्छ । यस्तोलाई रोक्न मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रमाणपत्रमा एकरुपता ल्याउने भएको गरेका हौं ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पताल नै पिच्छे अलग अलग किसिमको प्रमाणपत्र बाड्दै जाँदा अन्योल र समस्या निम्तिने भएकाले यसमा एकरुपता ल्याउन विशेष कार्यक्रम नै ल्याउन लागेको अध्यक्ष श्रेष्ठले भने । “रिर्पोटमा एकरुपता चाँडै नै ल्याईने संघले जनाएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि संचालनमा रहेका अस्पतालहरुबाट प्रदान गरिने प्रमाणपत्रमा एक रुपता ल्याउन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै प्रयोगमा ल्याईने संघले जनाएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com