राष्ट्रिय सभाको निर्वाचन सगै सरकार छोड्छौ – प्रधानमन्त्री


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पूरा हुनासाथ सरकार छोड्ने भएकाले हतार नगर्न दलहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल टेलिभिजनको ३३औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले चुनाव गराउने जिम्माका साथ सरकार गठन भएकाले त्यसअघि सरकार नछाड्ने बताउनुभएको हो । उहा“ले अझै राष्ट्रियसभाको निर्वाचन गर्न बा“की भएकाले त्यसअघि सरकार छाडेन भनेर आरोप लगाउनुभन्दा संविधान राम्रोसग अध्ययन गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले समयानुकूल, परिमार्जन र परिस्कृत हु“दै संघीय संरचनामा जानुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता पनि जाहेर गर्नुभयो ।

कार्यक्रममा सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले टेलिभिजनले आफुलाई संघीय संरचनामा लगेर सबैको साझा टेलिभिजन हो भन्ने भावना सम्प्रेषण गर्न सक्नुपर्ने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com