प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै निवेदन दर्ता


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

काठमाडौं,१७ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका छन्।

प्राडा गोविन्द केसीका पक्षबाट सर्वोच्च अदालतमा बहस पैरवी गरेको प्रतिशोध साँधेर आफूलाई ज्यान मार्ने धम्की दिएको निवेदनमा उल्लेख छ। शान्ति सुरक्षा पाऊँ भन्ने व्यहोराको उक्त निवेदनमा गत बिहीबार बिहान ज्यान मार्ने धम्की दिएको भण्डारीले बताएका छन्। मंगलबार दिउँसो २ बजे काठमाडौंस्थित शंखमुलमा रहेको आफ्नो कार्यालयमा केही मान्छेलाई पठाई घेर्न लगाएको आरोप उनले लगाएका छन्।

मलाई कार्यालयमा मान्छे पठाएर फेरि धम्की दिएको हुँदा निज प्रधानन्यायाधीशबाट खतरा भएकाले जिउज्यानको सुरक्षा गरिपाऊँ, उनले लेखेका छन्, मेरो जिउज्यान तलमाथि भए गोपाल पराजुलीमाथि कानुनी कारबाही गरिपाऊँ।
प्रधानन्यायाधीश पराजुलीले ९८५२०३१६६६ नम्बरबाट आफूलाई फोन गरी धम्क्याएको निवेदनमा उल्लेख छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com