राजधानी बाहिर बिरामीहरू ‘अझ बढी ठगिँदै’


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

चिकित्सासम्बन्धी योग्यता र अनुमति विनै उपचार गरी बिरामी ठग्ने प्रवृत्ति राजधानी काठमाण्डूका अतिरिक्त अन्य शहरमा पनि बढेको नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गत सोमवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले एउटा उपभोक्तावादी संगठन र नेपाल मेडिकल काउन्सिलको सहभागितामा छापा मारेर बिरामी ठगेको आरोपमा अस्पताल सञ्चालक र केही विदेशी नागरिकलाई पक्राउ गरेको थियो।

उपभोक्तावादीहरूले काउन्सिलको हेलचेक्र्याइँका कारण स्वास्थ्य सेवा क्षेत्रमा जोखिम बढेको आरोप लगाएका छन्।

उपभोक्ता हित संरक्षण मञ्चको उजुरीका आधारमा सीआइबीले तीन अस्पताल सञ्चालकसहित १७ जनालाई पक्राउ गरेको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गैरकानूनी
पक्राउ परेकामा अधिकांश चिनियाँ चिकित्सक रहेको र उनीहरू उपत्यकाका विभिन्न अस्पतालमा उपचार गरिरहेकै अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।

अनुसन्धान गर्दा उपत्यकाभित्र मात्रै नभइ बाहिरबाट पनि यस प्रकारको सूचना पाइएको छ। यसमा अनुसन्धान थप अघि बढ्छ।
पुष्कर कार्की, निर्देशक, केन्द्रीय अनुसन्धान ब्यूरो
प्रहरीका अनुसार पक्राउ परेकालाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइनेछ।

अनुमतीविना चिकित्सकलाई काममा लगाउनु गैरकानुनी भएको थाहा हुँदा-हुँदै अस्पताल सञ्चालकहरूले हेलचेक्र्याइँ गरेको पाइएको सीआइबीका निर्देशक तथा प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले बताए।

उपत्यका बाहिर उक्त संख्या निकै ठूलो हुन सक्ने बताउँदै उनले भने, “प्रक्रिया मिचेर चिकित्सकलाई गैरकानूनी ढङ्गले काममा लगाएको पाइएको छ। अनुसन्धान गर्दा उपत्यकाभित्र मात्रै नभइ बाहिरबाट पनि यस प्रकारको सूचना पाइएको छ। यसमा अनुसन्धान थप अघि बढ्छ।”

नेपालमा उपचार गर्ने चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ।

खेलवाड
तर उपभोक्ता हित संरक्षण मञ्चले नेपाल मेडिकल काउन्सिलकै हेलचेक्र्याँका कारण विदेशी चिकित्सकहरू विना कुनै अवरोध काम गरिरहेको र लाखौं उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको आरोप लगाएको छ।

आफूहरूले पटक-पटक त्यस्तो प्रवृत्तिवारे ध्यानाकर्षण गराउँदा पनि काउन्सिलले आँखा चिम्लेको मञ्चको आरोप छ।

औषधि
मञ्चका महासचिव ज्योति बानियाँले भने, “धेरै चिकित्सकहरू अहिले पनि दर्ता भएको अवस्था छैन। बिरामीलाई प्रयोगशाला बनाइएको अवस्था छ। यो पक्राउसँगै धेरै शक्तिकेन्द्रहरू चलखेल गरिरहेको अवस्था छ। पक्राउ परेकाहरू विभिन्न शक्ति वा राजनीतिक दलसँग नजिक भएर काम गरेको देखियो।”

पक्राउ परेकालाई मुलुकी ऐन अन्तर्गत ठगी अभियोगमा थप अनुसन्धान गर्ने तयारी भएपनि विभिन्न कानूनी छिद्रको आडमा उनीहरू मुक्त हुने चिन्ता उपभोक्तावादीहरूको छ।

गत वर्ष नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेको भनिएका कैयौँ मानिस पक्राउ परे पनि उनीहरू पुन: काममा फर्किएको भन्ने आलोचना हुने क्रम रोकिएको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com