तुलबहादुर तामाङको हत्यामा संलग्न सेक्युरिटी गार्ड पक्राउ


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

माघ १६, काठमाडौँ ।  काठमाडौं–२५ मछिन्द्रवहाल माईस्टुवेट सेक्युरीटी कम्पनीमा गार्डको रुपमा काम गर्ने ५४ वर्षिय तुलबहादुर तामाङको आइतबार राति हत्या गरेको आरोपमा उनकै सहकर्मी राजन थापा क्षेत्रीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
आइतबार राति महानगरीय प्रहरी वृत जनसेवाले टाउकोमा चोट लागि घाइते भएको अवस्थामा फेला पारी वीर अस्पतालको ट्रमा सेन्टर लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको थियो ।

महाशाखाका अनुसार अनुसन्धानको क्रममा आरोपी राजन र मृतक तुलबहादुरबीच ड्युटीको विषयमा झगडा हुने गरेको र सोही निहुँमा हत्या भएको देखिएको छ । राजनले रिसिईवीको कारण पटक९पटक ईंट्टाले तुलबहादुरको टाउकोमा प्रहार गरी भागेको अनुसन्धानमा देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com