भारतमा ८ महिने बालिकामाथि बलात्कार


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

माघ, १६ । भारतमा ८ महिने बालिकामाथि बलात्कार भएको छ ।

उत्तरपश्चिम दिल्लीको सकुर बस्ती घर भएकी बालिकालाई उनकै २८ वर्षका काकाका छोराले आइतबार बलात्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Members of the All India Students Association protest against crimes against women and children in Delhi.

बालिकाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । बलात्कारका आरोपीतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दुई बालिकालाई उनीहरुका आमाबुवाले घरमै पररिवारका अरु सदस्यसँग छाडेर काममा गएको थिए ।
साँझको समयमा दुई जना बालिका काकीसँगै रहेका थिए । बलात्कृत बालिकालाई उनका काकाका छोराले खेल्न लैजाने भन्दै अर्को भवनमा लगेर बलात्कार गरेको हिन्दुस्थान टायम्सले जनाएको छ ।

बालिकाको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । भारतमा पछिल्ला दिनहरुमा यौन दुव्र्यवहार र बलात्कार घटना बढ्दै गएका छन् ।

सन् २०१२ मा एक जना २३ वर्षे युवतीको सार्वजनिक बसमै बलत्कारपछि हत्या गरिएको थियो । त्सपछि बलात्कारीलाई मृत्युदण्डको सजाय दिने कानुन बनाइएको थियो ।

यो कानुन लागु भएपछि पनि बलात्कारका घटनामा कमी आउन नसकेको भारतीय सञ्चार माध्ममले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com