अस्पतालको लापरबाहीले सुत्केरीको गुप्तांगमा प्याडसहित टाँचा लगाइयो


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

माघ १६, बागलुङ । जैमिनी नगरपालिका १, कुस्मीशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रूपमै सुत्केरी भइन् । सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो ।

सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन । पछिल्ला दिन झन् बढी पीडा हुन थाल्यो । ‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले भनिन्, ‘त्यो दुखाइबारे नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्क्याए, पीडा त भइहाल्छ नि, अलि(अलि दुखाइ पनि सहन नसक्ने भन्न थाले ।’

उनलाई शारीरिक पीडा त थियो नै १ पिसाब गर्न पनि कठिन हुन थाल्यो । पहिलो सुत्केरी अनुभव भएकाले स्वाभाविक पीडा होला भनेरै सहिरहिन् । सुत्केरी भएको केही दिनपछि अस्पताल पुगेर डाक्टर(नर्ससँग पनि यसबारे परामर्श गरिन् । सामान्य परामर्शपछि उनलाई औषधि दिइयो । दुखाइ कम गर्न र घाउ सुकाउनका लागि दिइएका तिनै एन्टिबायोटिक औषधि खाइरहिन् । तर, बीसको उन्नाइस भएन ।

योनिबाट पिपजस्तो गन्हाउने पानी बग्न थालेपछि उनको चिन्ता थपियो । पुनः अस्पताल जाने निर्णयमा पुगिन् । ‘पिसाब लागेर शौचालय गएँ, सुरुमा सानो धागोजस्तो केही बिझायो’, उनले भनिन्, ‘धागो तान्दा प्याड पो निस्कियो ।’ बल्ल उनले गुप्तांगभित्रै प्याड छाडेर टाँका लगाइएको थाहा पाइन् । प्याड सुत्केरी भएको १२ औं दिन आइतबार मात्रै निकालिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पतालको चरम लापरबाहीको कारण सुष्मा र परिवारका सदस्यले अनावश्यक तनाव व्यहोर्नुपरेको उनका पति किरण थापा बताउँछन् । ‘सुत्केरीपछि सफा गर्नेक्रममा प्याड प्रयोग गरे पनि त्यसबेला ड्युटीमा रहेका स्वास्थ्यकर्मीले त्यो ननिकाल्नु गम्भीर लापरबाही हो’, उनले भने, ‘धन्न हामीले कुनै अप्रिय घटना व्यहोर्नु परेन । यस्तो संवेदनशील विषयमा भएको लापरबाहीमा संलग्नलाई अस्पतालले कारबाही गर्नुपर्छ ।’

घटनाबारे बुझ्दा अस्पतालका नर्सले बिरामीलाई उल्टै गाली गरेर थर्काएको सुष्माका आफन्त सीताराम थापाले बताए । ‘गल्ती स्वीकार गर्नु त टाढाको कुरा, उल्टै हामीलाई नै गाली गर्न लागे’, उनले थपे, ‘यस्तो घटनाले अस्पतालप्रतिको आकर्षण र विश्वासमा समस्या हुन्छ, स्वास्थ्यकर्मी र अस्पताल प्रशासन सबै जिम्मेवार बन्नुपर्छ ।’

धौलागिरि अञ्चल अस्पताल बागलुङका सुपरिन्टेन्डेन्ट डा.सागर राजभण्डारीले यस घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । ‘सुत्केरी भएपछि रक्त श्राव रोक्न प्याड प्रयोग गर्ने गरिन्छ तर त्यो केही समयपछि निकाल्नुपर्ने हो,’ उनले भने, ‘यसबारे त्यो दिन को—को ड्युटीमा थिए, राम्ररी बुझेर आवश्यक कदम चाल्छु ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com