सुर्खेतमा घुस लिने वन रक्षक पक्राउ


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

 

माघ १५, सुर्खेत– इलाका वन कार्यालय मेहेलकुना सुर्खेतमा कार्यरत एक वन रक्षक घुस लिँदै गर्दा पक्राउ परेका छन्।

अवैध काठको मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने वन रक्षक हरिलाल राना क्षेत्री सोमबार पक्राउ परेका हुन्। गुर्भाकोट नगरपालिकाको वडा नम्बर ६ बाट नियन्त्रणमा लिइएको ६७।९ क्युफिट सालको काठ र २।५८ क्युफिट टुनीको अवैध काठको मुद्दा मिलाइदिने भन्दै उनले स्थानीयसँग घुस लिएका थिए।

आफूले मागेको रकम नदिएमा सिंगो गाउँवासीलाई नै मुद्दा चलाइदिने धम्की दिएर उनले सेवाग्राहीबाट ९८ हजार रुपैयाँ घुस लिएका थिए। घुस रकम लिइसकेको अवस्थामा सोमबार गुर्भाकोट नगरपालिकाको वडा नं। ७ स्थित एक होटलबाट उनलाई पक्राउ गरिएको हो।

उनको बारेमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेतले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com