सोल्डआउट भयो नेपाली छोराले हिलारी अभियानका लागि गरेको यो डिजाइन (अन्तरवार्ता)


प्रकाशित मिति : आश्विन १७, २०७३ सोमबार

न्युयोर्क फेशन सप्ताहको सुरुवात अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बनेकी हिलारी क्लिन्टनलाई सहयोगका लागि आर्थिक संकलनबाट भयो । टोरी बर्च लगायतका टप अमेरिकन डिजाइनरहरु राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको समर्थनमा उत्रिए । उनीहरुमध्ये धेरैले यस अगाडि नै हिलारीको समर्थनमा टिसर्टहरु बनाइसकेका थिए, जुन हिलारीको चुनावी अभियान सम्बन्धि वेवसाइटमा बेच्न राखिएको छ । हिलारीको चुनावी वेवसाइटमा राखिएका मध्ये सबैभन्दा धेरै लोकप्रिय नेपाली अमेरिकन डिजाइनर ३७ बर्षका प्रबल गुरुङको डिजाइन रहेको छ । उनको डिजाइन केही दिनमा नै सोल्ड आउट भएको थियो । हालैमात्र अमेरिकी नागरिकता लिएका प्रबलले आगामी चुनावमा पहिलो पटक राष्ट्रपति पदका लागि मतदान गर्दैछन् । त्यसैले उनले यो उत्तरदायीत्वलाई गम्भिरतापूर्वक लिएका छन् । फास्टकम्पनी डटकममा प्रकाशित उनीसँगको अन्तरवार्ताको अनौपचारिक अनुवाद र सारसंक्षेप ।

screen-shot-2016-10-03-at-10-00-57-am

तपाईले आफूलाई नारीवादीका रुपमा व्याख्या गर्नुहुन्छ, यसो भन्नुको अर्थ के हो ?

मैले आफूलाई सामान्यतया नारीवादी भन्नेगर्छु किनभने संसारमा कुनै पनि प्रकारका समानताका लागि महिलाहरु स्वतन्त्रतातिरको महामार्ग हुन् भन्ने कुरामा म विश्वस्त छु । उनीहरुले तपाईको भाग्यको छनौटका लागि स्वतन्त्रताको प्रतिनिधित्व गर्छन् । संसारमा यस्ता ठाउहरु पनि छन्, जहाँ महिलाहरुलाई उनीहरुको जीवन उनीहरुकै लागि भएको कुरामा अधिकार छैन । म त्यस्तो परिवारबाट आएको व्यक्ति हुँ जहाँ हामीलाई एकल आमाले पालन पोषण गर्नुभयो । उहाँले आफ्ना परिबन्धहरुलाई तोड्न चाहनुहुन्थ्यो । उहाँ सधै समानताका लागि लड्नुभयो । त्यसैले म संघर्ष के हो भन्ने कुरा बुझ्छु ।

तपाईले पहिलो पटक हिलारीलाई कसरी भेट्नुभयो ?

मैले उहाँलाई डियन भोन फुस्टर्नबर्गको पुस्तक हस्ताक्षर कार्यक्रममा सन् २०१४ मा भेटेको थिएँ । हिलारी त्यहाँ हुनुहुन्थ्यो । यताउता हिडिरहनुभएको थियो । मैले उहाँलाई भेटेर आफ्नो परिचय दिएँ । उहाँले मेरो बारेमा पहिले नै थाहा भएको र उहाँको छोरीले मेरो डिजाइन लगाउने गरेको बताउनुभयो । मैले त्यतीबेला उहाँलाई आफूहरुको उहाँको उम्मेदवारीको प्रतिक्षा गरिरहेको बताएको थिएँ । यो सबै अनुभवले मेरो दिन नै सार्थक भएको अनुभव मलाई भएको थियो । जब मैले नेपाल छाडेर न्युयोर्कमा आएँ मैले कसैलाई पनि चिनेको थिइन । म यहाँ मेरो डिजाइनप्रतिको अभिलाषाको खोजीमा आएको थिएँ । मसँग ति सबै सपनाहरु थिए, जुन सपनाहरुलाई कतिपय मान्छेहरुले असम्भव ठान्छन् । मलाई राजनीतिप्रति पनि चासो थियो तर मैले कहिले पनि राजनीतिक प्रकृयाको एउटा भाग बनौंला भनेर सोंचेको पनि थिइन । यो मेरालागि एकदमै रोमाञ्चकारी क्षण थियो । अमेरिकाको प्रथम महिला मिशेल ओबामाले मैले डिजाइन गरेको कपडा लगाउनु वा हिलारी क्लिन्टनको चुनावी अभियानका लागि टिसर्ट बनाउनु जस्ता कुराहरु यस्ता चिजहरु थिए जसको तपाई योजना बनाउनसक्नुहुन्न ।

3063838-inline-i-2-prabal-gurung-why-fashion-is-behind-hillary-clinton

हिलारीको चुनावी अभियानका लागि टिसर्ट बनाउने निर्णय कसरी गर्नुभयो ?

हिलारी राष्ट्रपतिको चुनावको उम्मेदवार बनिरहँदा मलाई केही गर्ने इच्छा लागिरहेकै थियो । म उनको टिमसँग सम्पर्कमा रहेको थिएँ । उनीहरुले मलाई मेड फर हिस्ट्री टिसर्ट कलेक्सनका लागि योगदान गर्न आग्रह गरे । मेरा लागि यो आग्रह एउटा सम्मान थियो । मसँग पनि एउटा फेशन डिजाइनरको हैसियतले शुभेच्छुकहरु रहेकाले मैले यो प्लेटफर्म प्रयोग गरेर केही राम्रो काम गर्न चाहें ।

हिलारीको उम्मेदवारीलाई तपाई किन समर्थन गर्नुहुन्छ ?

म अमेरिकामा एउटा विद्यार्थीका रुपमा आएको थिएँ । त्यसपछि मैले अमेरिकामा काम गर्ने भिसा प्राप्त गरें । त्यसपछि मैले ग्रिनकार्ड प्राप्त गरें । र, डेढबर्ष अगाडि मैले अमेरिकाको नागरिकता पनि प्राप्त गरें । त्यो अत्यन्तै संवेदनशिल क्षण थियो । जसले यो भोगेको छैन, उसका लागि यसको व्याख्या गर्न मुस्किल छ । किनभने यो प्रकृया एकैरातमा हुने प्रकृया होइन ।
म मतदान गर्नका लागि योग्य भएको यो पहिलो पटक हो ।

वास्तवमा हिलारी क्लिन्टन राष्ट्रपतिको दौडका लागि सबैभन्दा योग्य व्यक्ति हुन् । उनी अमेरिकाका वर्तमान राष्ट्रपति र पहिलाका राष्ट्रपतिहरुभन्दा पनि योग्य छिन् । कतिपयले भन्छन् कि हिलारी अझ मुस्कुराएको भए हुन्थ्यो वा अझ राम्री भएको भए हुन्थ्यो । तर म यस्तो कुनै चाहना राख्दिन । म त केबल राष्ट्रपतिले आफ्नो काम राम्रोसँग गरेको मात्र चाहन्छु । म उनको उपलब्धी र योग्यताका कारण पूर्णरुपमा मोहित छु । त्यो नै मेरा लागि प्रसस्त छ । राष्ट्रपतिसँग अमेरिकाका लागिमात्र होइन, विश्वकै भाग्य र भविश्यका लागि महान जिम्मेबारी छ । म बोल्ने होइन, काम गर्ने सक्षम नेता चाहन्छु ।

अर्को कुरा हिलारी राष्ट्रपति हुँदै गरेको कुराले विश्वका लागि ठूलो सन्देश हो । अझ महिला अधिकारहरु संकुचन गरिएको वा चुनौतीपूर्ण अवस्थामा रहेका ठाउहरुका लागि यो ठूलो सन्देश हुनेछ । नेपालमा मेरो गरिब छात्राहरुलाई शिक्षा प्रदान गर्ने फाउण्डेशन छ । म नेपाल गएर उनीहरुलाई भन्न सक्नेछु कि तिमीहरु पनि हिलारी जस्तै बन्न सक्नेछौ ।

दुर्भाग्यबश हिलारीको विपक्षमा रहेका उम्मेदवार मेरो वास्तविकताको विपक्षमा छन् । म अल्पसंख्यक हुँ । म एउटा आप्रवासी हुँ । उनी (डोनाल्ड ट्रम्प) म जेका पक्षमा छु त्यसको विरुद्धमा छन् । उनी मजेहुँ त्यो सबैका विपक्षमा छन् । मैले निर्णय गरें कि यदि मैले परिवर्तन चाहने हो भने मेरालागि परिवर्तनको संवाहक चाहिन्छ । म मतदानका लागि जान आवश्यक छ । म यसबारेमा कुरा गर्न सक्षम हुन आवश्यक छ ।

तपाई हिलारीका पक्षमा मतदानका लागि आफ्नो प्लेटफर्म पनि प्रयोग गर्दै हुनुहुन्छ ?

म कसैलाई पनि उनीहरुको विश्वास परिवर्तनका लागि दवाव दिन सक्दिन । मसँग विविध प्रकारका ग्राहकहरु छन् कतिपयले हिलारीलाई विश्वास गर्छन् त कतिपयले गर्दैनन् । म स्वस्थ्य सम्बाद र वादविवादमा सहभागी हुन चाहन्छु । एउटा व्यक्तिका रुपमा, डिजाइनरका रुपमा , आप्रवासीका रुपमा, नव अमेरिकीका रुपमा म हिलारीलाई समर्थन गर्नुको कारण दिन सक्छु । म उनलाई (डोनाल्ड) विश्वास गर्न नसक्नुका कारण पनि यीनै हुन् । तर तपाई आफ्नो निर्णयका लागि आफै स्वतन्त्र हुनुहुन्छ ।

फेशन उद्योगका अरुले पनि हिलारीलाई समर्थन गर्नुपर्ने कारण के हुन सक्छ ?

यो एकदमै साधारण छ । हामीमध्ये अधिकांश उनी यो दौडका लागि सबैभन्दा योग्य भएकोमा विश्वस्त छौं । उनका विश्वास र सिद्धान्तहरुले हामीसँगै झन्झनाहट पैदा गर्छन् । फेशन समुदायमा हामी पहिचान, लिंग लगायतका सन्दर्भमा पनि अल्पसंख्यकले भरिएका छौं । यदि कसैले हाम्रो अस्तित्वमाथि नै प्रश्न गर्छ वा धम्क्याउँछ भने हामी त्यो कुरा बुझ्छौं । हामी यसमा अत्यन्तै सचेत छौं ।

प्रबलले हिलारीको अभियानका लागि गरेको डिजाइन

prabal_hanger_grandeprabal_model_grandeprabal_tag_grandeprabal_transparent_grande

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com