अमेरिकामा नेपालको ब्यापार र पर्यटन प्रबद्र्धनमा सकृय महाबाणिज्यदूत मरासिनी


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

अमेरिकामा नेपालको ब्यापार र पर्यटन प्रबद्र्धनमा न्युयोर्कमा रहेको नेपाली कन्सुलेट जनरलको सकृयता अहिलेसम्मकै उच्च देखिएको छ । त्यसका लागि महावाणिज्यदूत मधुकुमार मरासिनी दिनरात खटिरहेका छन् । एमआरपी पासपोर्ट लगायतका कन्सुलर सेवामामात्र ध्यान दिदै आएको कार्यालयले मरासिनीको आगमनपछि अमेरिकामा नेपालको ब्यापार र पयर्टन प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य सकृयता देखाएको छ ।

मरासिनी महावाणिज्यदूतका रुपमा नियुक्त भएर आएको ६ महिना बित्न नपाउदै त्यसको उल्लेख्य प्रभाव समेत देखिएको छ । पर्यटन प्रवर्धनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्नुका साथै सम्बन्धित व्यक्तिसँगको भेटघाट र अन्तरकृयालाई तीब्र पारिरहेका मरासिनी पछिल्लो पटक विश्वचर्चित न्युयोर्क टाइम्सको ट्राभल शो कार्यक्रममा देखिएका छन् ।

एसिया लक्ष्यित कार्यक्रममा प्यानलिष्टका रुपमा उपस्थीत उनले पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तब्य भएको बताएका छन् । कार्यक्रम शुक्रबार न्युयोर्कको जाभेट सेन्टरमा भएको हो ।

यसअगाडि न्युयोर्कको ज्याक्सनहाइटमा पर्यटन प्रर्बद्धनबारे विशेष अन्तरकृया कार्यक्रम गरिएको थियो । यसैबीच मरासिनीले न्युयोर्कमा रहेका विदेशी कन्सुलहरुसँग पनि भेटघाट र अन्तरकृया गरेका छन् । बिजनेश काउन्सिल फर इन्टरनेशनल अण्डरस्टाण्डींग अन्तरगतको उक्त भेटघाटमा ग्लोबल बिजनेशका बारेमा छलफल भएको थियो । केही दिन अगाडी मरासिनीले हार्भर्ड विश्वविद्यालयका विद्यार्थीमाझ पनि अन्तरकृया कार्यक्रम गरेका थिए । त्यो बाहेक उनले ब्यापार र पर्यटनसँग सम्बन्धित व्यक्तिहरुसँग छुट्टै भेटघाट र अन्तरकृया पनि तीब्र पारेका छन् ।

मरासिनीकै पहलमा कन्सुलेट जनलर कार्यालयले अँग्रेजी र स्पानिस भाषामा समेत नेपालको पर्यटनबारे ब्रोसर सामाग्री समेत प्रकाशन गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com