अनर्गल प्रचार नगर्न एमाले-माओवादीलाई प्रधानमन्त्रीको आग्रह


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न चाहँदा चाहँदै पनि काम गर्न नसकेको गुनासो गरेका छन्। शनिबार वीपि स्मृति अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफूले मुलुकका लागि धेरै गर्न चाहे पनि गर्न नसकेको बताएका हुन्। निर्वाचन आचारसंहिताका कारण पहिला केही काम गर्न नसकेको भन्दै उनले गरेका महत्वपूर्ण र दीर्घकालीन महत्व राख्ने निर्णयमा पनि आलोचना र टिप्पणी हुने गरेको भन्दै आक्रोश पोखे।

भूकम्प प्रभावितलाई थप एक लाख रुपैयाँ अनुदान सहायता दिने, जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ वर्ष कायम गर्ने लगायत सरकारका निर्णयले राज्य कोष रित्याउने काम गरेको भन्दै एमाले, माओवादी केन्द्र लगायत दलले विरोध गर्दै आइरहेका बेला प्रधानमन्त्रीले अर्नगल प्रचारबाजीका कारण गर्न काम गर्न नपाएको भन्दै गुनासो गरेका हुन्।

एमाले, माओवादी केन्द्रले नयाँ जनादेश आइसक्दा पनि सत्ता हस्तान्तरणमा ढिलाई गरेको भन्दै सरकारको आलोचना गरिरहेको बेला प्रधानमन्त्री देउवाले आफ्ना कारणले नभई संविधानका कारण सत्ता हस्तान्तरणमा ढिलाई भएको स्पष्ट परे। संविधानले व्यवस्था गरेको महिलाको सिट लगायत विषयले सत्ता हस्तान्तरणमा केही समय लागेको उनको भनाइ थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com