रुकुम जिल्लामा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

माघ १२, रुकुम । जिल्लाको बाँफिकोट गाउँपालिका–६ की २३ वर्षीया विमला खनाल गत माघ ३ गते बिरामी भइन्।

उपचारका लागि आफन्तले गाउँको मेडिकलमा लगे तर त्यहाँ स्वास्थ्यकर्मीले उपचार सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लैजान सल्लाह दिए । उपचार गर्नका लागि जिल्ला अस्पताल सल्ले ल्याउन आफन्तले एम्बुलेन्सका लागि धेरै सम्पर्क गरे तर पाउन सकेनन् ।

एम्बुलेन्स नपाएपछि खनाललाई रु आठ हजारमा एउटा जिप रिजर्भ गरेर खलंगा ल्याउनुप¥यो । यो नगरेसम्म श्रीमतीको उपचार सम्भव हुने भएन, कतै पनि एम्बुलेन्स नपाए पछि जिप रिजर्भ गरेर जिल्ला अस्पतालमा ल्याउनुप¥यो” विमलाका श्रीमान् आदर्श खनालले भने।

यो समस्या उनको मात्र नभई केही महिनादेखि रुकुमेलीको साझा समस्या बनेको छ । रुकुम पश्चिम जिल्ला अहिले एम्बुलेन्सविहीन भएको छ । बिग्रिएको लामो समयसम्म पनि एम्बुलेन्सको मर्मत तथा नयाँ एम्बुलेन्सको व्यवस्था नहुँदा बिरामीले सास्ती भोग्न बाध्य भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा बिरामी ओसारपसारमा समस्या देखिएको छ । एम्बुलेन्स नहुँदा गाउँबाट बिरामीलाई जिल्ला अस्पताल तथा जिल्ला अस्पतालबाट बाहिर रिफर गरिएका बिरामीलाई लैजान समस्या हुने गरेको हो । रुकुम पश्चिममा यसअघि जिल्ला अस्पताल र नेपाल रेडक्रश सोसाइटीको गरी दुईवटा एम्बुलेन्स थिए । तर यतिबेला भने ती दुवै एम्बुलेन्स बिग्रिएर थन्किएपछि यस्तो समस्या सिर्जना भएको हो ।

जिल्लामा भएको एम्बुलेन्स बिग्रिएकाले यस्तो समस्या भएको स्वीकार्दै अब छिट्टै मुसिकोट नगरपालिकाले नयाँ एम्बुलेन्स ल्याउने प्रक्रिया थालिसकेका कारण त्यति बेलासम्म समस्या रहने जिल्ला अस्पताल, सल्ले, रुकुम पश्चिमका प्रमुख डा सविन पोख्रेलले बताए।

उनका अनुसार जिल्लाका बाँफिकोट गाउँपालिका र चौरजाहारी नगरपालिका पनि छिट्टै एम्बुलेन्स खरिदको प्रक्रियामा रहेकाले छिट्टै यसको समस्या समाधान हुनेछ।

रासस

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com