परिवारका लागि तुरुन्तै ग्रिनकार्ड फाइल गर्न सुझाव, नियम खारेज हुने सम्भावना बढ्यो


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

अमेरिकी नागरिकता प्राप्त गरिसकेको व्यक्तिले बुबाआमा वा अन्य योग्य नातागोता (दाजुभाईदिदीबहिनी) का लागि तुरुन्तै ग्रिनकार्ड फाइल गर्न कानुनविदहरुले सुझाव दिएका छन् । नियम परिवर्तनको उच्च सम्भावना रहेको भन्दै उहाँले बुबाआमा र दाजुभाईदिदीबहिनीका लागि अहिले नै ग्रिनकार्ड फाइल नगरे पछि गर्न नपाइने नियम आउनसक्ने सम्भावना बढेको छ ।

ह्वाइट हाउसले अगाडि सारेको अध्यागमन योजनामा नातागोताका लागि ग्रिनकार्ड फाइल गर्ने प्रावधान हटाउने विषय उल्लेख छ ।
बाल्यकालमा नै अमेरिका आएका झण्डै १८ लाख कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटौमा लैजाने, सिमाक्षेत्रमा पर्खाल लगाउने, डिभी लोटरी अन्त्य गर्ने, दाजुभाईदिदीबहिनी लगायत टाढाका नातेदारहरुलाई ग्रिनकार्ड स्पोन्सर गर्नसक्ने प्रावधान खारेज गर्ने लगायतका विषय छन् । तर पहिले फाइल गरिएका आवेदनहरु भने प्रकृयामा लगिने जनाइएको छ । त्यसैले योग्यहरुलाई यथाशक्य ग्रिनकार्ड फाइल गर्न सुझाव दिइएको छ ।

नयाँ नियममा २१ बर्ष नाघेका छोराछोरीहरुलाई पनि ग्रिनकार्ड स्पोन्सर गर्न नपाइने प्रावधान आउनसक्ने भएकाले योग्य व्यक्तिले अहिले नै फाइल गरेमा नयाँ नियमले असर नगर्ने जनाइएको छ । युएससीआईएसको वेवसाइटमा गएर आईवान ३० पिटिसन डाउनलोड गरेर डकुमेन्टहरु हालेर आफै पनि सजिलै फाइल गर्न सकिन्छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com