अमेरिकाको भिजिटर भिसा रिजेक्ट हुने नेपाली ४६ दशमलव ४२ प्रतिशत


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

आर्थिक बर्ष २०१७ मा अमेरिकाको बी क्याटेगोरीको भिजिटर तथा बिजनेश भिसा रिजेक्ट हुने नेपालीको प्रतिशत ४६ दशमलव ४२ रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जबकी २०१७ मा छिमेकी राष्ट्र भारतका भिजिटर भिसा आवेदकमध्ये २३ प्रतिशतको मात्र भिसा अस्वीकार भएको थियो ।

भिजिटर भिसा अस्वीकृत हुने भुटानीहरु भने नेपालीहरुभन्दा धेरै ५२ दशमलव ४३ प्रतिशत रहेका छन् भने बंगालादेशीहरु ६० दशमलव ८८ प्रतिशत रहेका छन् । बंगालादेश, भुटान, पाकिस्तानको तुलनामा धेरै नेपाली आवेदकले अमेरिकाको भिजिटर भिसा पाएपनि श्रीलंका, माल्दिभ्सजस्ता मुलुकका नागरिकले अमेरिकाको भिजिटर भिसा पाउने दर नेपालीको भन्दा धेरै उच्च छ ।

सार्क मुलुकहरुमा सबैभन्दा कम भने अफगानीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् । २०१७ मा ७२ प्रतिशत अफगानी आवेदकको भिजिटर भिसा अस्वीकार गरिएको थियो ।

गत बर्षको तुलनामा भने २०१७ मा नेपालीले भिसा पाउने दर प्रतिशतमा बढेको छ । २०१७ मा कुल आवेदकमध्ये झण्डै ५३ दशमलव ६ प्रतिशत नेपालीले भिजिटर भिसा पाएपनि २०१६ मा भने झण्डै ५० दशमलव ५ प्रतिशतले पाएका थिए । २०१५ भने आवेदकमध्ये झण्डै ५८ प्रतिशत नेपालीले अमेरिकाको भिजिटर भिसा पाए । २०१४ मा त झण्डै ६२ प्रतिशत नेपाली आवेदकले नै अमेरिकाका भिजिटर भिसा पाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com