आजदेखि मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भएर प्यारालाइसिसका बिरामीलार्इ ५ हजार भत्ता दिन सुरु


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

माघ ११, काठमाडौं । सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने कार्यको शुभारम्भ गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा पुगी त्यहाँ र बीर अस्पतालमा उपचाररत २१ जना बिरामीलाई ५ हजारका दरले चेक हस्तान्तरण गरेका छन्।

स्वास्थ्य मन्त्रालयले माघ महिनादेखि बिरामीलाई मासिक भत्ता दिने तयारीअनुसार प्रस्ताव अघि सारेको थियो। पुस १३ गतेको मन्त्रिपरिषद बैठकले यस्ता बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको थियो। यस्ता रोग लागेका बिरामीको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि भत्ताको व्यवस्था गरिएको स्वास्थ्य मन्त्री दिपक बोहराले बताए ।

स्वास्थ्य मन्त्रालयले नेपालमा यस्ता बिरामीको संख्या लगभग १६ हजार जति रहेको जनाएको छ।

स्वास्थ्य मन्त्रालयले बिरामीका लागि दिने भनिएको रकम चुरोट तथा सुर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गर्ने जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्लास्थित सरकारी अस्पतालको प्रमुख सदस्य र जिल्ला स्वास्थ्य प्रमुख सदस्य सचिव हुनेछन् । भत्ता रकमको चेक लिनका लागि बिरामी स्वयम् उपस्थित हुनुपर्ने, स्वयम् उपस्थित हुन नसक्ने अवस्था रहेमा अस्पताल प्रमुखको स्वीकृतीमा बिरामीको अभिभावकलाई प्रदान गर्न गरिने, भत्ता पाउने बिरामीको मृत्यु भएमा आफन्तले सोको जानकारी गराउनेपर्ने नगराई भत्ता लिएमा नियमानुसार उपर गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मिर्गौला, मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भई पारालाइसिस भएका बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ स्वीकृत भई सोही अनुसार यो व्यवस्था कार्यान्वयन हुनेछ ।

सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ। यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

बिहीबार भत्ता प्राप्त गर्नेहरु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com