पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

माघ १०, बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ। एक वर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा पनि बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताइन्।

‘एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लागि कम्तीमा ५० लिटर पानीको आवश्यकता पर्दछ’, उनले भनिन्, ‘स्वास्थ्यचौकीमा आउने पानीको व्यवस्थापन गर्न नसक्दा स्वास्थ्यसंस्थामा पानीको अभाव भयो र त्यसपछि बाध्य भएर प्रसूति सेवा बन्द गर्‍यौँ।’

स्वास्थ्यचौकीमा प्रसूति सेवा बन्द भएपछि गर्भवती महिला घरमै बच्चा जन्माउन बाध्य भएका छन् । अहिलेसम्म ३० जनाले घरमै बच्चा जन्माएका छन् भने ५० जनाले अन्यत्र स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएका छन्। स्वास्थ्यचौकीमा प्रसूति सेवा नहुँदा निकै गाह्रो भएको स्थानीयवासी तारा भण्डारीले जानकारी दिइन्। उनले भनिन्, ‘गाउँ भएर स्वास्थ्यचौकीमा आउने पानी व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य चौकीमा पानीको अभाव भएको हो।’

स्वास्थ्य चौकीमा प्रसूति सेवा बन्द भएपछि पूर्ण संस्थागत सुत्केरी अभियानमा समेत असर परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिए। उनले भनिन्, ‘तल्लादेहीमा पानी अभावमा प्रसूति सेवा बन्द हुँदा पूर्ण संस्थागत सुत्केरी अभियान प्रभावित भएको छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०७२ सालमा जिल्लाका उत्कृष्ट पाँच स्वास्थ्य संस्था मध्येको तल्लादेही स्वास्थ्यचौकीमा गएको वर्षदेखि प्रसूति सेवा बन्द भएपछि पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा पनि प्रभावित हुने देखिएको छ । तल्लादेही स्वास्थ्यचौकीमा प्रसूति सेवा बन्द भएपछि पानीको व्यवस्थाका लागि जनप्रतिनिधि, स्थानीयवासी लगायतका सरोकारवालासँग छलफल शुरु गरिएको हेल्थ फाउन्डेशन नेपालका जिल्ला संयोजक अम्बादत्त अवस्थीले जानकारी दिए। रासस

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com