Follow @khasokhasmag

गुल्मीमा नवजात शिशुको शव फेला


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

गुल्मी, माघ ८ –गुल्मीको रुरु गाउँपालिकाको रिडीमा नबजात शिशुको शव फेला परेको छ । रिडी खोलाको किनारमा रहेको फोहोर फाल्ने ठाउँमा आइतबार साँझ मृत शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

खोलाको किनारामा बोरा भित्र पोको पारेर फालिएको शव केटाकेटीहरुले खेल्ने क्रममा देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक भिमबहादुर कार्कीका अनुसार बच्चा नाल नकाटिएको अवस्थामा भेटिएको छ । उहाँले भन्नुभयो, ‘बच्चालाई वेवारिसे अवस्थामा कसैले जन्माएर फालेको हुनसक्छ ।’

घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । वेवारिसे अवस्थामा फेला परेको मृत नवजात शिशुको शवलाई अहिले इलाका प्रहरी कार्यालय रिडीमा राखिएको छ । पोष्टमार्टमपछि स्थानीय जनप्रतिनिधीहरुको रोहवरमा दाह संस्कार गरिने प्रहरी नायव उपरिक्षक थापाले बताउनुभयो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com