‘बिजनेस’को अभावमा संसद् एक महिना स्थगित हुने


प्रकाशित मिति : आश्विन १६, २०७३ आईतबार

व्यवस्थापिका–संसद्को बैठक एक महिनाभन्दा बढी स्थगित हुने भएको छ । सरकारका तर्फबाट ‘बिजनेस’ उपलब्ध हुन नसकेपछि छठसम्म बैठक स्थगित हुन लागेको हो । लामो समय बैठक स्थगित हुन लागे पनि अधिवेशन भने स्थगित नगर्न प्रमुख दलहरूले सभामुखलाई सुझाव दिएका छन् ।

कानुनमन्त्री अजयशङ्कर नायकले आइतबारको बैठकले केही विधेयक दफावार छलफलका लागि अनुमोदन गर्ने र बैठक स्थगित हुने बताए। नायकले भने, ‘निर्वाचनसम्बन्धी विधेयकमा केन्द्रित हुनुपर्ने बेला छ, सदनमा भएका र संशोधन दर्ता भइसकेका केही विधेयक आइतबार दफावार छलफलका लागि अनुमोदन गरेर संसद् स्थगित हुन्छ ।’

उनका अनुसार यातनालाई फौजदारी कसुर घोषित गर्ने विधेयकलाई आइतबारको बैठकले दफावार छलफलका लागि पठाउनेछ । यस्तै नयाँ आयोग गठनसम्बन्धी विधेयक पनि दफावार छलफलका लागि पठाइनेछ । गत बुधबारको बैठकले राष्ट्रिय दलित आयोग विधेयक, राष्ट्रिय समावेशी आयोग विधेयक, आदिवासी जनजाति आयोग विधेयक, मधेसी आयोग विधेयक, थारू आयोग विधेयक र मुस्लिम आयोग विधेयक संशोधनका लागि अनुमोदन गरेको थियो ।

शुक्रबारको कार्यव्यवस्था परामर्श समितिको सुझाव अनुसार संसद् बैठक स्थगित भए झण्डै डेढ महिना बैठक स्थगित हुनेछ । सभामुखको अध्यक्षतामा बस्ने कार्यव्यवस्था परामर्श समितिमा दलहरूका संसदीय दलका प्रमुख सचेतकले कात्तिक २३ गतेसम्म बैठक स्थगित गर्न सुझाव दिएका गोरखापत्रमा खबरछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यव्यवस्था बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले सरकारसँग तत्काल अनुमोदन गराउनुपर्ने विधेयक र नयाँ बिजनेस भएमा एकदुई दिन बैठक चलाऊँ नत्र चाडपर्वको बेलामा बिजनेस नभई बैठकलाई चलाउनु उपयुक्त नहुने बताए । सांसदलाई पनि टाढा जानुपर्ने हुन्छ भनेर कात्तिक २३ गतेसम्म बैठक स्थगित गर्न सुझाव दिएको पनि उनले स्पष्ट गरे ।

संसद्को चालू अधिवेशन वैशाख २१ गतेबाट सुरु भएको हो । सरकारले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट पेस गर्नुभन्दा पहिले नीति तथा कार्यक्रम ल्याउनका लागि वैशाख २१ गतेबाट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com